सञ्चार माध्ययमा विदेशी लगानी बिरुद्द सर्वोच्चमा रिट
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम साउन २०/ आम सञ्चार माध्ययमा विदेशी लगानी रोकिपाऊँ भनी सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ ।
नेपालमा राष्ट्रिय प्रसारण ऐन २०४९ र राष्ट्रिय प्रसारण नियमावली २०५२ ले आमसञ्चारलाई उद्योगका रुपमा समावेश नगरेको र यसलाई नाफा कमाउने माध्यमका रुपमा पनि नलिएकाले यो क्षेत्रमा विदेशी लगानी रोक्नु पर्ने भन्दै केवुल व्यवसायी मनोज गुरुङ्ग र दिनेश सुवेदीले सञ्चार र उद्योग मन्त्रालय तथा विभागविरुद्ध रिट दायर गरेका हुन् ।
ऐनमा विदेशी लगानी आमसञ्चारमा गर्न नपाइने प्रावधान हुँदाहुँदै ‘सिम्पल मिडिया नेटवर्क’ को नाममा सिमटिभी नामको टेलिभिजन च्यानलमा विदेशी लगानी हुन लागेको भन्दै त्यो रोक्न रिटमा माग गरिएको छ ।
एमएसओ (मल्टिपल सर्भिस अपरेटर) पद्दती अनुसार प्रसारण गर्न लागिएको उक्त टेलिभिजन च्यानलमा ब्रिटिश भर्जिन आईल्याण्डको इमरेटस इन्भेष्ट लि. नामको कम्पनीले ४९ प्रतिशत शेयर लगानी गरेको निवेदकको दाबी छ ।
राष्ट्रिय प्रसारण नियमावलीको व्यवस्था अनुसार एमएसओ केवल टेलीभिजनकै एउटा प्रकार मात्र हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्