विप्लव माओवादी निकट अखिल क्रान्तिकारीको निसानामा पियुका पदाधिकारी
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम साउन २१ /विप्लव नेतृत्वको नेकपा माओवादीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी)ले पूर्वाञ्च विश्वविद्यालयममा लगाएको ताला खोल्नुका साथै चेतावनी पत्र बुझाएको छ ।
अखिल क्रान्तिकारीले संगठनसँग गरेका सहमतिहरु विश्वविद्यालयले कार्यान्वयन नगरेको भन्दै सङ्गठनले विगत चार महिनादेखि तालाबन्दी गर्दै छ । विश्वविद्यालय पनि त्यही तालाबन्दीलाई देखाउँदै नियमित शैक्षिक कार्यक्रम समेत अगाडि नबढाई गैरजिम्मेवार भएको भन्दै चेतावनीपत्र बुझाएको हो ।
संगठनकाे विश्वविद्यालय संयाेजक अास्था घिमिरेद्वारा जारी उक्त चेतावनीपत्रमा पदाधिकारीलाई भ्रष्टाचार र अनियमितता गरेको भन्दै राजिनाको मागसमेत गरेको छ । चेतावनीपत्रमा उपकुलपति महेश्वरमान श्रेष्ठ, रजिष्टार निरोज पाण्डे, विज्ञान तथा प्रविधि संकायका डिन सुभनारायण पाठक, मानविकि संकायका डिन सम्भु कोइराला, राजेश झा, किशोर श्रेष्ठ, लक्ष्मण गेलाल, देवी कट्टेल, रुपेश वस्नेत, प्रमिला थापा लगायत पदाधिकारी तथा कर्मचारीलाई राजीनामा गर्न समेत माग गरेको छ ।
विश्वविद्यालयले विद्यार्थीका मागहरुलाई बेवास्ता गरे पदाधिकारीहरुले गम्भिर परिस्थितिको समाना गर्नुपर्ने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नेरेन्द्र बिकले बताए ।
अखिल क्रारिन्तकारीले इन्जिनियरिङ्ग संकायमा आन्दोलनरत विद्यार्थीहरुको मागलाई समेत यथासिर्घ सम्बोधन गर्न चेतावनी पत्रमा ध्यानाकर्षण समेत गराईएको छ

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्