कतारको नेपालस्थित कार्यालयले मंगलबार जनाएअनुसार 'बुक अर्ली एन्ड सेभ मोर' अफरअन्तर्गत नेपालबाट सोमबारदेखि एक साताभित्र टिकट खरिद गर्नेले अधिकतम ३० प्रतिशतसम्म छुट पाउनेछन्। यस्तो टिकट अगस्ट ३ बाट सन् २०१६ मार्च ३१ भित्र प्रयोग गरिसक्नुपर्ने छ। यस्तो छुट युरोप, अमेरिका र अफ्रिकाका गन्तव्य जाने टिकटमा उपलब्ध हुनेछ।
कतारको दोहालाई आधार गरी सन् १९९६ बाट काठमाडौं उडान सुरु गरेको कतार एयरवेजले हाल काठमाडौं–दोहा सेक्टरका लागि दैनिक तीन उडान गरिरहेको छ। यसअघि दैनिक चार उडान गर्थ्यो। प्रत्येक दिनको अन्तिम उडानमा 'वाइड बडी' जहाज प्रयोग गरिएका कारण उडान संख्या तीनमा झारिएको कम्पनीले जनाएको छ।
कतारले हाल १ सय ५६ आधुनिक जहाजबाट युरोप, मध्यपूर्व, अफ्रिका, एसिया प्रशान्त, उत्तर र दक्षिण अमेरिकाका ७० देशका १ सय ४६ गन्तव्यमा उडान गरिरहेको छ। कम्पनीले ७० अर्ब अमेरिकी डलरमा २ सय २३ जहाज अर्डर पनि गरेको छ।
कतारमा ३० प्रतिशतसम्म छुट
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन २०/कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले सात दिने प्रवर्द्धनात्मक भाडा दर सार्वजनिक गरेको छ। यसअन्तर्गत यात्रुले अधिकतम ३० प्रतिशतसम्म छुट पाउन सक्छन्।


