सरकारले विवेक नपुर्याउदा टीकापुर घटनाः गुरुङ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम भदौ १४/  नेकपा–माओवादीका सचिव देब गुरुङले टिकापुर घटना सरकारले विवेक पुर्याउन नसक्दाको परिणाम भएको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले अखण्ड सुदुर पश्चिम आन्दोलनकारीलाई संरक्षण र थारुहरुको वर्चश्व रहेको टिकापुरमा मात्र लगाएको कफ्र्युका कारण कैलाली घटना भएको गुरुङले बताए ।
‘बारम्बार कफ्र्यु हटाउनु माग गर्दासमेत नहटाएपछि बाध्य भएर कफ्र्यु तोड्ने क्रममा घटना घटेको र आन्दोलनका क्रममा यस्ता दुःखद् घटना स्वभाविक रहेको हुन्छन्’ गुरुङले अगाडि भने, ‘कैलाली आन्दोलनमा जसरी नेपाल सरकार र विभिन्न राजनीतिक दलहरुले घुसपैठकाे आरोप सरासर गलत छ ।’
आन्दोलनलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको भन्दै गुरुङले प्रशासन र नेपाल सरकारको कमजोरीकै कारण दुःखद् घटना घटेको बताए । ‘सरकारसँग मात्र हतियार भएको र बालकको मृत्यु सरकार पक्षकै गोलि लागि भएको हाे, अरुलाई अाराेप लगाउँन गलत हाे’ उनले भने ।
संविधान निर्माण भन्दा पनि पदको बार्गेनिङ्गले संविधान जारी नहुँने भन्दै उनले विदेशीहरुले ठूला राजनीतिक दलका नेताहरुलाई आफू अनुकूल परिचालन गरेको अाराेप लगाए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्