सिरहामा मधेशीको अधिकार प्राप्तिका लागि अन्तरकृया कार्यक्रम
Advertise Here Book Now
मधेशी संघर्ष समिती सिरहाको अध्यक्ष रामअशिष यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय अध्यक्ष तथा संघिय मधेश मोर्चाको संयोजक मात्रिका प्रसाद यादव, पुर्व संविधान सभा सदस्य जगत यादव, डा. नविन यादव, पुर्व क्याम्पस प्रमु्ख मधुसुधन यादव लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने, ‘ स्थानिय बजार व्यवसाय बन्द गरेर मधेशीको अधिकार मिल्दैन मधेशको अधिकार दिलाउने हो भने, हामी मधेशका मुख्य मुख्य सडक, राजमार्ग जस्ता सडक मा चलने हरेक सवारी साधन बन्द गर्नुपर्छ । स्थानिय बजार बन्द गर्दा यसको प्रमुख चपेटामा स्थानिय मधेशीनै पर्ने भएकोले अबको दिनमा राजमार्ग मात्र बन्द गर्नुपर्ने बताए ।
त्यस्तै यादवले सिरहाको विष्णुपुरमा गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘ अहिले मधेशमा तिन जमिनदार रहेको छ । अहिलेको आन्दोलनको अगुवा भनिने तिनै मधेशी नेता विजय यादव, राजेन्द्र महतो र महन्थ ठाकुर जमिनदार भएकोले यसबाट बाँचनका लागि सबै मधेशी संग आग्रह गरे ।
यी नेताहरु पहडीया संग मार्चा बनाएर आन्दोन गर्छ । तर, म मधेशी भएकोले म संग मोर्चा बनाएर अधिकारका लागि अगाडी बढ्नको लागि लाज लाग्छ । यसकै परिणाम हो यी जमिनदार नेताहरु समय समयमा पहडीया नेता संग मोर्चा बनाउनु र आफ्नो माग पुरा नहुदै मोर्चा बाट अलग हुनुपर्ने । जस्ता धोका पटक पटक खाए पनि एउटै व्यक्ति संग मोर्चा गर्ने बानि नहटेकोले मधेशी नेता प्रतीको आम जनताको विश्वास टुटेको यादवको तर्क थियो । भुकम्प पछि मधेशमा राज गर्नका लागि पहाडीहरुको संख्यमा वृद्धि देखिएकोले मधेशमा पहाडीको बसाई सन्दर्भमा चर्को आवाज उठाउनुपर्ने सुझाव समेत यादवले दिएका थिए ।

