लहानमा तनाव, पांच पक्राउ
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता  लहान, १३ भाद्र । मधेश आन्दोलन तेस्रोमा आज लहानबाट पांच जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लहानले आन्दोलनकारीहरुले बजार बन्द र सरकारी कार्यालय बन्द गराउंने पांच जनालाई पक्राउ गरेको छ भने औषधी उपचार गरी घर फर्किरहेका संजय चौधरीलाई प्रहरी बीच सडकमा मोटरसाईकल रोकाएर निर्घात कुटपिट गरेको छ । प्रहरीका अनुसार तोडफोड गर्नेलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मधेशी संघर्ष समिति लहानका संयोजयक कृष्णबहादुर यादव, गाढा ३ का दिनेश महतो, लहान ८ का दिनेश मेहता, नेपाल सद्भावना पार्टीका जीवछ यादव र फोरम नेपालका राजउदगार यादव (सानु) पक्राउ परेका छन् । यता, मधेशीहरुको अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गरिरहेका निज व्यक्तिहरुलाई रिहा गर्न मधेशी नागरिक समाजका प्रताप यादव र मिशन मधेशले विज्ञाप्ती जारी गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्