सहिद तथा बेपत्ता परिवारले सोधे के साँच्चिकै न्याय दिन सक्छौ ?
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन २०/सहिद तथा वेपत्ता परिवारले सत्य निरुपण तथा मेलमिलाप र छानविन आयोगका अध्यक्षलाई यतिका वर्षसम्म नपाएको न्याय के अब साँच्चिकै दिन सक्नु हुन्छ भनि प्रश्न गरेका छन् ।
राजधानीको संवाद डबलीमा अाज राज्यद्वारा बेपत्तायोद्धा परिवार समाजले “जनयुद्ध, शान्तिप्रक्रिया, प्रभावित आवाजहरु र आयोगहरु” बिषयक अन्तरक्रिया कार्यक्रममा उनिहरुले यसतो जिज्ञासा राखेका हुन ।
जनयुद्वकालमा मानव अधिकारको ब्यपक उल्लङ्घन गरेर हजारौ नागरिको हत्या,वेपत्ता र घाइते बनइको थियो । मारिएकालाई सहिद घोषणा तथा बेपत्ताहरुको तत्काल छानबिन गर्न आफन्तहरुले माग गरेका छन् ।
जनयुद्धपछि शान्ति प्रकया भएको लामो समय भइसक्दा पनि मृतक र बेपत्ताहरुबारे सरकार र सम्बन्धित निकाय मौन रहेको उनीहरुले आरोप लगाएका छन् ।
१० बर्षे शसस्त्र द्धन्दकालमा २ छोरा गुमाएकी कबिता बोगटीले न त छोराहरुको लास न त सरकारबाट आश नै पाइयो भन्दै दुखेसो पोखेकी थिइन् । मृतक तथा बेपत्ताहरुका लागी सरकारले बिभिन्न आयोग गठन गरेपनि पिडितलाई कुनै राहत नभएको उनको गुनासो थियो ।
त्यस्तै ‘नवराज ढुङ्गानाले आफुजस्ता पिडितहरुले कहिले राहत महशुस नगरको र अब यति धेरै बर्ष बितिसक्यो न्याय पाइने कुरामा आश पनि मरि सक्योे ।’
जवाफमा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आफुहरुले मृतक र बेपत्ताहरुको छानबिनका लागी अधिक प्रयास गरिरहेको बताए । मल्लिकले मृतक र बेपत्ताहरुका लागी आयोगहरुले मात्र केही गर्न नसक्ने भन्दै सरकारले आवश्यक सहयोग नगरेको प्रति गुनासो समेत गरेका छन् ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मृतक र बेपत्ताको छानबिनका लागी बिभिन्न संयन्त्र परिचालन गरिएको जानकारी दिए । उनले आफुहरुको मिशनमा आफन्त लगायत सम्पूर्ण क्षेत्रले सहयोग गर्न आग्रह पनि गरे ।
त्यस्तैसत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ यो आफू नेतृत्व आयोगमा पार्टीको झण्डा बोकेर ढुङ्गा मूढा गर्ने ब्यक्ति अए स्वीकार नगर्ने बताए ।
साथै आफहरुलाई स्वतन्त्रता पूर्बक कार्य गर्न सघाउन र पछिको पणिमा कुर्न आग्रह गरे । त्यस्तै नागरिक अगुवा डा. सुन्दरमणी दिक्षितले ८÷८ वर्षसम्म एउटा पनि काम गर्न नसकेकोले अहिलेका आयोग प्रमुखहरुलाई इगिंत गर्दै भने ‘के तपाइहरु आर्मिका ब्यारेकमा गएर निश्पक्ष छानविन गर्न सक्नु हुन्छ ।’
इन्सेकका अध्यक्ष सुवोध प्याकुरेलले यो संविधानसभले जनताका हितका निम्ति खडा गरिएको स्वतन्त्र आयोगहरुलाई चारदलहरुको सहमतिले संसदको मातहतमा ल्यायने निणएयले सबै आयोगको अबमुल्यन गरेको बताए । अर्का बक्ता वरिष्ठ मानवअधिकारवादी चरण प्रसाईले आयोगहरु हिजोको अभ्यस हेर्दा पिडितको पक्षमा भन्दा पिडकको पक्षमा रहेकाले परिवर्तित हुन आग्रह गरे ।
जनअधिकार अभियान नेपालका संयोजक तथा
सहिद प्रतिष्ठान नेपालका अध्यक्ष एकराज भण्डारीले सरकारले हतारहतार संविधान फाष्ट ट्रयाकबाट ल्याउने निर्णय गर्नुले ठूल गलत गरेको धारणा ब्य्क्त गरेका थिए ।
सहिद प्रतिष्ठान नेपालका अध्यक्ष एकराज भण्डारीले सरकारले हतारहतार संविधान फाष्ट ट्रयाकबाट ल्याउने निर्णय गर्नुले ठूल गलत गरेको धारणा ब्य्क्त गरेका थिए ।
भण्डारीले भने‘उसलाई भ्रम छ कि शान्ति प्रक्रियाको मूख्य हस्तक्षर कर्तालाइ फसाइएको छ भनेर खासमा त्यो शक्ति बाहिर छ ।’ लयायतले आयोग स्वतन्त्र रहेको तर बेपत्ता सम्बन्त्रि ऐन भएपनी नियमावली नभएकोमा असन्तुष्टि पोख्नुभएको थियो ।
कार्यक्रममा आयागले द्धन्दकालमा मारिएका र बेपत्ता भएका नेपालका ७३ जिल्लामध्ये २० जिल्लामा पिडितसंग भेटघाट, हालको राहतबारे धारणा लिनुका साथै साउनभित्र मृतक र बेपत्ताबारेको कार्यप्रगति सहितको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी गराईएको थियो । कार्यक्रमको अध्यक्षता राज्यद्वारा बेपत्तायोद्धा परिवार समाजका अध्यक्ष अशोक रोकायाले गरेका थिए ।


