पाठेघरबाट ७ किलोको ट्युमर निस्किएपछि हेर्नेहरुको भिड
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन २०/सुन्दैमा अपत्यारिलो लाग्ने एक महिलाको पाठेघरबाट रहेको सात किलो दुई सय ग्रामको मासुको डल्लो अर्थात ट्युमर निकालिएको छ ।
यति ठुलो मात्रामा ट्युमर निकाल्दा पनि सफलता मिलेको शल्यक्रियामा संलग्न डाक्टरहरुले बताएका छन् ।
महोत्तरीको जलेश्वर नगरपालिका १४ की ३४ वर्षकी प्रमिलादेवी राय यादवको पाठेघरमा रहेको ७।२ किलोग्रामको ट्युमर निकालिएको हो ।
उनको ट्युमर जनकपुर अञ्चल अस्पतालका स्त्री रोग तथा प्रसुती रोग विशेषज्ञ डा.रामजी यादवले शल्यक्रिया गरी निकाल्न सफल भएका हुन् । ट्युमर बाहिर निकालेपछि प्रमिलाको अवस्था सामान्य रहेको डा.यादवले बताए।
प्रमिलाको पेटबाट ७ दशमलव २ किलोको ट्युमर निस्किएपछि हेर्नेहरुको भिड लागेको थियो । चार महिना अघिदेखि मात्र पेट दुख्न थालेपछि प्रमिलाको पेटमा केहि छ भन्ने थाहा पाएको श्रीमान दिनेशले बताए ।

