मधेश मुक्ति किन ? विभेद अन्त्यको लागि
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम साउन २२/दिनेश्वर गुप्ता जबसम्म मधेशमा विभेद अन्त्य हुंदैन् तबसम्म मधेशी नागरिक अधिकार सम्पन्न हुदैन् । यसैले मुक्तिको लडाईमा हामी मधेशी मैदानमा उत्रिएका छौं । अधिकार लिएर विश्राम लिने प्रतिबद्धताका साथ सबै अगाडि आइरहेका छन् । गाउं गाउं नगर नगर र टोल टोलबाट मधेशी नागरिक उठ्नुपर्ने आजको आवश्यकता रहेको छ । यसै सन्दर्भमा मिशन मधेशले मधेश मुक्तिको सावलमा रंगभेदको अवस्था यस्तो देखिएको छ । मधेशको सांस्कृति र संचार विभेद विभेद अन्त्यको सवाल यथावत नै छ । र, पनि विभेदपूर्ण किसिमले मधेशलाई तल झारिएको छ । यो न्यायपूर्ण हो भने मेरो भन्नु केही छैन । तर गणतान्त्रिक लोकतन्त्रमा सबैको अधिकार समान हुनुपर्छ । यसमा चाकरी चापलुसी गराउंने ठाउं हुदैन् । जहां काठमाण्डौंलाई मात्र राष्ट्रियस्तरको संकेत दिने गरेको छ । काठमाण्डौं बाहिर अर्थात मधेशलाई अलगै किसिमले हेर्ने प्रवृति छ । त्यो नै विभेदको शुरुवात हो । काठमाण्डौं तथा पहाडमा बस्नेको पहिचान हुने गरी नेपालका हरेक टेलिभिजन, पत्रपत्रिका तथा संचारका माध्यममा प्रसारण हुने गरेको छ । तर, मधेश र मधेशीको भाषा, संस्कृतिलगायतको पहिचान कहिकतै देखिदैन् । यतिसम्म कि मधेशीलाई विद्यालयमा नेपाली भाषाबाट शोषण गर्छन् । अनि नेपाली भाषाको राम्रो दखल बनाउंन उनका आमाबुबा जो मधेशी आफै शोषणमा पर्ने गरेको अवस्था छ । मधेशमा भएका लोक सांस्कृति, लोक नाच, चलचित्र, संचार, फस्टाउंन सकेन । जहांसम्म लोप हुने अवस्थामा छ । अल्हउदल, सलहेशजस्ता उदाहरण रहेको छ । यस्ता सांस्कृतिलाई संरक्षण प्रबद्र्धन गर्न यति नै आवश्यक रहेको छ । यस सरकारले मधेशलाई पेलेर गएको देखिन्छ । र, यसैको उत्थान विकास र पहिचानको संरक्षण विकासको लागि मधेश मुक्ति अत्ति आवश्य रहेको ठहर छ । मधेश मुक्त भएमा सबै भन्दा पहिले भाषा, संस्कृति, सांस्कृति धरोहरलगायतको विकासमा जोड दिनुपर्ने जरुरी छ । मधेशमा आज एउटा पनि ब्रोड साईजको कलर पत्रिका छैन् । सेटेलाईट टेलिभिजन छैन् । केही कलर पेपर भएपनि त्यो पहाडी समुदायको बर्चस्वमा रहेको छ । उनीहरुले आफ्नो समुदायको भजन किर्तनमै समय विताउंने गरेको अवस्था छ । यसरी मधेश र मधेशीको मुक्तिको सवालमा मधेश र मधेशीको वर्चस्वमा कलर पत्रिका,सेटेलाइट टेलिभिजन लगायतको आवश्यकता रहेको छ । मधेश उपनिवेश मधेशमा ९५ प्रतिशत गैर मधेशी सेना छन् । र, ५ प्रतिशत मधेशी रहेपनि उनीहरुलाई कपाल काट्न, लुगा धुन्न, चर्पी सफा गर्न, भन्छा पकाउंनलगायतको काममा राखिएको छ । यस्तो अवस्थामा जहां ९५ प्रतिशत मधेशी रहेका भूभागमा ९५ प्रतिशत गैरमधेशीले दमन शोषण गरी मधेश र मधेशीलाई गुलाम बनाएको स्पष्ट छ । यतिसम्म कि जिल्लाको विकास, प्रशासन, प्रहरीमा गैरमधेशीको बर्चस्व छ । यहांको भाषा बोली नबुझ्ने गैरमधेशीले नेपाली भाषा लादेर हेप्ने थर्काउंने काम गरेको छ । उदाहरण सिरहाको एक गैरमधेशी सिडियोले चिकना गाविसका एक वृद्धलाई नाम र ठेगाना सोध्दा मधेशी बुढोले भनेका थिए मेरो घर चिकना हो । यति भन्दा ति गैरमधेशी सिडियोले त्यो बुढो मधेशीलाई २४ घण्टा थुनियो । यस्तो अवस्था रहेको छ मधेशको । अनि किन नचाहियो मधेश मुक्ति ? चाहियो गुलामीबाट मुक्तिको लागि मधेश मुक्ति । यसैले मधेशमा मधेशी सिडियो, मधेशी अधिकारीहरु, मधेशी सेना, मधेशी प्रहरी प्रशासनको खाचो छ । विकास र हुलाकी मार्गको सवाल नेपाल भने वितिकै काठमाण्डौलाई संकेत गर्थियो हाम्रा बुबा हजुरबुबाहरुले । यसैले काठमाण्डौ प्रवेश गर्नको लागि विरगन्जमा पासपोर्टको व्यवस्था मिलाउंनुपर्थियो मधेशीहरुलाई । यो मधेश मध्य एसियाको भूभागमा रहेकोले प्राचिनकालमा यस भूमिलाई मत्स्य देशले राष्ट्रियता पाएको थियो । र, पहाडी शासकवर्गले मधेशी शासकलाई विषपान गराएर मधेश कब्जा गरेको सर्वविदितै छ । यसैले मधेशको भूमिलाई जहिले पनि हेप्ने, शोषण गर्ने, अत्याचारको प्रकाष्टा प्रदर्शन गर्ने गैरमधेशीहरुले मधेशको मुटु रहेको हुलाकी मार्ग निर्माणलाई अगाडि बढ्न दिएको छैन् । पहाडमा विकासको लागि ८५ प्रतिशत बजेट विनियोजित हुने गरेको छ । तर नेपालको आधा जनसंख्या रहेको मधेशको विकासको लागि १५ प्रतिशत विनियोजित गर्ने गरेकोले मधेश किन नचाहने मुक्ति ? यसैले विकास निर्माण, भौतिक संरचनालगायत, शिक्षा, स्वास्थ्य र शहरिकरणको लागि कसिलो विकासको जरुरी रहेको छ । यस्तो विभेदको अवस्थामा यो विकासको कार्य कद्दापी गति लिन नसक्ने भएकोले मुक्तिको आवश्यकता रहेको ठहर हुन्छ । राजनीतिक सवाल र जनसंख्याको आधार नेपालका अधिकांश राजनीतिक दलका प्रमुख गैरमधेशी हुन् । यिनीहरुले राजनीतिक गुलामको आधारमा मधेशी नेताहरुलाई कुकुरलाई एक टुक्रा रोटी दिएर साईड लगाउंने काम गर्छन् । त्यसैगरी मधेशीहरुलाई मधेशको नेतृत्वमा राखेर एकआध मन्त्रालयको जिम्मा दिएर रोटी दिने गरेको छ । मधेशी नेताहरु आफ्नो हैसियत र पहिचानको सवाल उठाउंदा त्यस्ता मधेशी नेताहरुबीच फुट गराउंने र त्यो भन्दा पनि साईड लगाउंने काम गरेको छ । कति मधेशी नेताहरुलाई विभिन्न मुद्दा लगाएर फसाउंने गरेको अवस्था छ । जहिले पनि मधेशी नेतालाई कमजोर पार्ने खेल रच्दै आएको छ । भूमिगतका जयकृष्ण गोइत र नागेन्द्र पासमान ज्वाला सिंहलाई वार्तामा ल्याउंन नसकेको अवस्था छ । उता, पहाडमा थोरै जनसंख्यामा पनि निर्वाचन क्षेत्र र मधेशमा धेरै जनसंख्यामा निर्वाचन क्षेत्र यो कस्तो विभेद हो ? यो कहिलेसम्म चल्ला ? यसैको मुक्तिको निम्ति मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउंन आज आवाज उठ्नु स्वभाविक नै हो । अर्कातीर मधेशीलाई लोकसेवा आयोग विभेद गरिएको छ । यस्तै विभेदको अन्त्यको लागि हामीले लहानबाट मधेश आन्दोलन गर्न बाध्य भए । र, आज पनि हाम्रो मागलाई लागु नगरेको अवस्था छ । यसैले अबको आन्दोलन सशक्त र मधेश मुक्तिको आन्दोलन गर्न आव्हान गर्दछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्