भारत सरकार र नागा विद्रोहीबीच शान्ति सम्झौता
Advertise Here Book Now

nagaऑनलाइन सिरहा डटकमं साउन २०/भारतको नागाल्याण्डमा ६ दशकदेखि सशस्त्र संघर्ष गर्दै आएको विद्रोही समुह र सरकारबीच शान्ति सम्झौता भएको छ ।
उत्तर पूर्वी नागाल्याण्ड राज्यको पृथकतावादी समुह नेसनल सोसलिष्ट काउन्सिल अफ नागाल्याण्डसँग सोमबार भएको शान्ति सम्झौतालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहांसिक उपलब्धी भनेका छन्।
नागाल्याण्डमा बसोबास गर्ने झण्डै २० लाख नागा जातीको अलग्गै स्वतन्त्र राज्य हुनुपर्ने माग गर्दै झण्डै ६ दशकअघि उक्त समुहले विद्रोह सुरु गरेको थियो ।
भारतको इतिहासकै लामो विद्रोह अन्त्य भएसँगै अन्य सशष्त्र समुहहरुसँग पनि वार्ताको ढोका खुलेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यभार समालेलगत्तै उत्तर–पूर्वी राज्यहरुको विकास आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका थिए ।
शान्ति सम्झौतको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । भारतको नागाल्याण्डसँगै अरुणाचल, आसाम र मणिपुर प्रदेशमा नागा जाती बसोास गर्दै आएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्