राष्ट्रियताले जन्माएको प्रश्न
Advertise Here Book Now
राजेश विद्रोही
सम्पूर्ण वर्ग जाति क्षेत्र लिङ्ग र समुदायको समान हक हित र अधिकारलाई सुनिश्चित गर्ने राष्ट्रको कर्तव्य हो । संघात्मक राज्य व्यवस्थामा यसको सुनिश्चितता हुन्छ । संघात्मक राज्य व्यवस्था शासनको दिर्घकालिन र समानतामो विधि हो । तर हाम्रो जस्तो मुलुकमा यस्को प्रयोग नौलो हो । राजतन्त्रको अन्त्य पश्चात अधिकार प्राप्तिकालागी जुर्मुराएका नेपाली जनता पटक पटक सडकमा ओर्लिरहेका छन् । राज्यका सम्पूर्ण शक्ति एक व्यक्ति वा संस्थामा निहित रहनु निरंकुशता हो । एउटै वर्ग जाति र समुदायमा केन्द्रिकरण गर्नु राज्यको एकलौटी दोहन शोषण र उत्पीडन हो । यसलाई लोकतन्त्रको उपहास मानिन्छ । अहिलेको लोकतान्त्रिक युगमा हरेक वर्ग जाति क्षेत्र लिङ्ग र समुदायले स्वतन्त्रताको अनुभुति गर्न चाहन्छन् । यदि त्यसमा जर्वजस्त वल प्रयोग गर्यो भने हिंसा भड्किने खतरा हुन्छ । अधिकार दिएर देश टुक्रिने होइन् । अधिकार नदिएर देश विग्रिने हो । तर अधिकार कसका निम्ती र केका लागी भन्ने कुरा अवश्य हो । यहाँ समस्या संस्कार र विचारमा छ , वुझाइ र गराईमा छ । यतिवेला हाम्रो मुलुक यहि दोसाधमा छ । गणतन्त्रको स्थापना पश्चात सत्ता साझेदारिमा केन्द्रित र विकेन्द्रित सोँच प्रकृतिका शक्ति हावी छन् । यसले मुलुकलाई अस्थीरता कायम गरेको छ । समावेशी संविधान , संघियता र सिमाकंन सापेक्षित ढंगले अगाडी बढ्न नपाउँदा निरपेक्षताको गन्ध आउनु स्वभाविक हो । वेलैमा यसको उचित निराकरण जरुरी छ । सत्ताको मात लागेको एक थरी प्रवृत्ती शक्ति वाँडफाँडमा कन्जुस्याँइ गरी आफ्नो शक्ति संचित गर्न चाहन्छन् । अर्को थरी प्रवृति लामो उत्पीडन पछि आत्मसमानकासाथ केन्द्रित शक्तिलाई विकेन्द्रिकरण गरी आफ्नो शक्ति सचित गर्न चाहन्छन् यसमा दुवै शक्तिको भुमिका उस्तै छन् एउटा वैधानिक आड्वाट त अर्को अवैधानिक तथा जनताको वीच वाट अगाडी फड्को मार्न चाहन्छन् यो प्रतिस्पर्धाले चिज विग्रदै गएको छ । राष्ट्रवादी सोँच हराउँदै गएको छ ।
२१ औँ शताब्दीका प्रमिथस जनताहरु अरु जस्तै विभेद रहित समान हैसियतका जीवन बाँच्न चाहन्छन् । उच्च निच र गरिब धनिक वीच फाटो अन्त चाहन्छन् । राज्यको तल देखि माथी सम्म सत्ता साझेदारि चाहन्छन् । विगतमा वर्गीय समस्यको रुपमा उत्पीडन र उत्पीडक वर्ग वीचको लडाईँ थियो । अहिले त्यो अन्तर विरोध गौन भएको छ । वर्तमान वर्गीय समस्याको रुपमा जातीय क्षेत्रीय तथा लिङ्गीय समस्या अगाडी आएको छ । जुन समस्या मूल र अमूल वासीको रुपमा चर्केको छ । विगतको इतिहास वर्तमानले खोतली रहको छन् । मान्छे स्वतन्त्र भएपछि यो स्वभाविक कुरा हो । स्वभाविक र अस्वभाविक रुपमा दलालहरुले शब्दहरु थुपारेर राष्ट्रिय एकतामा आँच आउने काम गर्यो । अधिकार विमुख भएका उत्पीडीत वर्ग जाती क्षेत्र लिङ्ग र समुदायको अधिकार सुनिश्चत गर्ने नाममा नयाँ नयाँ शब्दहरु थप्ने काम गर्यो । अहिले सुन्दैछु अखन्डेहरु जन्मेका छन् । हिजो कोचेहरु जन्मे । यसले राष्ट्रिय एकतामा तरंग पैदा गरेको छ । जसले राज्यलाई हित गर्दैनन् । राष्ट्रियतालाई मजबुत गर्दैनन् । राष्ट्रिय एकताको नयाँ पहिचान दिन सक्दैन् । उत्पीडनमा परेको वर्ग जाती क्षेत्र लिङ्ग र समुदायलाई अधिकार दिन सक्दैन् । यसले देशी विदेशी प्रतिकृयावादी दलाल शासकहरुलाई फाईदा हुने कार्य मात्र हुने निश्चित छ ।
अहिले अल्पसंख्यक र बहुसंख्यक वीचको अन्तरविरोध पनि उतिकै छ । माथि अल्पसंख्यकहरुले बहुसंख्यकमाथि शासन गर्न चाहन्छ । तल सदियौँ देखि शोषणमा परेका अल्पसंख्यकमाथी वहुसंख्यकले शासन गर्न चाहन्छ । अल्पसंख्यक र वहुसंख्यक दुवै एकअर्काबाट उन्मुक्ति चाहन्छ । यसको अन्त्य स्वभाविक पनि हो । समस्या विचार र व्यवहारमा छ । सोच र चिन्तनमा छ । यहाँ कतै वहुसंख्यक त कतै अल्पसंख्यको राज्यसत्ता छैन् । राज्यसत्तामा पहुच छैन् । त कतै अल्पसंख्यक र वहुसंख्यकको नाममा सत्ता र अधिकारमा एकलौटी छ । दमन, शोषण र उत्पीडन छ । अर्थात असमानता छ । उत्पीडित जनता यसमा केन्द्रिकृत र विकेन्द्रिकृत साशन चाहन्छन् । ऐतिहासिक स्वभिमानसहित संघियता, सिंमाकन र नयाँ संविधान चाहन्छन् । यसले नेपाल र नेपालीको जिवन विकासमा उल्लेखनिय परिर्वतन ल्याउँछ । स्थानीय सरकार प्रदेश देखि केन्द्रिय सरकार संचालन विकासमा सहजिकरण हुन्छ । यसले मुलुक विकासमा टेवा पु¥याउँछ र विस्तारै आत्मनिर्भर बनाउँदै लान्छ । यतिवेला विना हातखुट्टा भएको मान्छेको कुनै औचित्य छैन् । कलान्तरले के सावित गर्ला त्यो छुट्टै कुरा हो । यतिवेला राष्ट्रियताले जन्माएको प्रश्न यहि हो ?
उत्पीडित क्षेत्र र समुदायका जनता संसकित भएर सडकमा ओर्लिएका छन् । स्वभाविक पनि हो । जनतालाई आसंकित पारेको छ । पारिएको छ । यहाँको राजनितिक दल र नेताको गलत प्रभाव छ । असल संग्ठन र नेतृत्व चाहन्छ । पुरानाको सहमति सम्झौता र फिल्टर चाहदैँनन् । जनता विगत देखि ठगीमा पर्दै आएका छन् । उनीहरुको नियतमा प्रश्नै प्रश्न छ । जनताको जवाफ उनीहरुसँग छैन् । पराईले ठग्दै आयो, आफ्नैले पनि ठगेका इतिहासहरु साक्षी छन् । यसरी राष्ट्रियतामाथि थुप्रै प्रश्न जन्मिएका छन् । जन्माएका छन् । भुल्न नसक्ने गरी जनतामा चोट परेको छ । सहयोग पटक पटक नदिने गरि फर्केको छ । जनता यसरी आत्तिएका छन् । र राष्ट्रियताले जन्माएको प्रश्नको थाँती छ । तथापी जनता रोडमा छन् ।
पूर्व उद्योग तथा भूमिसुधार मंत्री महेन्द्र पासवानले राजतन्त्र पछि मुलुक व्राम्ह्णवादी तन्त्रमा फसिसकेको बताए । अर्का नेता राकेश झाले चार दलकै कारण मुलुक यो अवस्थामा पुगेको र यिनीहरुको नियत र नियतीमाथी जनताले गरेको शंका प्रमाणित हुदै गएको बताए । यसको सबैखाले जिम्मेवारी उनीहरुवलेनै लिनुपर्ने र लिइरहनुपर्ने टिप्पणी गरे । तमरा अभियानका प्रवक्ता राकेश रोसनको अनुसार यिनीहरुको आफ्नै पार्टी भित्र बहुसंख्यक कार्यकर्ता विरोध गर्दा पनि त्यसलाई लत्याएर सिन्डिकेट शिर्ष खस व्राह्मणवादी नेताहरु शाषकीय प्रवृत्र्तिको अर्को तान्ड नृत्य देखाएको वताए । अर्को राष्ट्रियता र जनतामाथी प्रश्न खडा गर्दै आएका पुराना खेलाडी कांग्रेस , एमाले हुन र एमाओवादी त्यसको नयाँ आयाम मात्र रहेको र चारदलकै कारण जनताहरु ससंकित भएको समेत बताए ।
यसरी राष्ट्रियताले जन्माएका प्रश्न राष्ट्र र जनताले नभएर यहाँका केहि शोषक र शाषक वर्गले निहित स्वार्थ पुरा गर्न जन्माएका देखिन्छन् । जन्माउँदै आएका हुन पनि । यसखाले प्रवृत्ती तथा संस्कार संस्कृतिको अन्त्य हुदैन तब सम्म यस्ता प्रश्नहरु जन्मिने जन्माइरहने खतरा रहिरहन्छ । राष्ट्र संकटमा परिरहन्छ । राज्य संस्थाहुँदा मुलुकको राष्ट्रियता जति बलियो र सुरक्षित थियो आज उत्तिकै रुपमा छोटे राजाहरुको कारण असुरक्षित र खण्डित हुँदै गएको छ । राष्ट्रिय अखण्डताहरु एक पछि अर्को बेच्दै गएका छन् । मुलुकको स्वाभिमान माथी प्रश्न चिन्ह खडा गर्दै गएका छन् । नेपालका विभिन्न वर्ग जाति क्षेत्र लिङ्ग र समुदायका जनता बेलैमा यसलाई समाधान गर्न एक पटक रोडमा ओर्लिनु पर्ने देखिन्छ ।

