सनराईज बैंकको ‘सुरक्षित घरकर्जा’ गाईघाटमा पनि ससुरु
Advertise Here Book Now


देबराज राई
उदयपुर, साउन २५ ।
  प्रतिस्पर्धात्मक बजारलाई ध्यानमा राखी उदयपुरको गाईघाटस्थित सनराईज बैंक लिमिटेड शाखा गाईघाटले ‘सुरक्षित घरकर्जा’ कार्यक्रम सुरु गरेको छ । बीमा संस्थान प्राईमलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा ल्याइएको कार्यक्रम शाखा कार्यालय गाईघाटबाट पनि सोमबारदेखि औपचारिक रुपमा बिस्तार सुरु भएको हो ।
      भर्खरै स्थापना भएको ५३ औँ शाखा गाईघाटका ब्रान्च म्यानेजर विसेश्वर नायकका अनुसार ऋणीको साबधिक जीवन बीमा हुने तथा बीमा अवधि सकिएलगत्तै एकमुष्ठ बोनस भुक्तानी गरिनजस्ता विशेषता रहेको कर्जा घरकर्जा कार्यक्रमका लागि पाँच लाखदेखि एक करोडसम्मको कर्जा उपलक्ध हुन सक्ने व्यवस्था मिलाइएको छ । त्यस्तै १० देखि २० वर्षसम्मका लागि कर्जा अवधि तोकिएको छ ।
      ऋणीले लिएको रकम मासिक १० देखि १३ प्रतिशतका दरले भुक्तानी गर्नुपर्ने लोन इन्चार्ज सञ्जय गेलालले जानकारी दिए । गेलालका अनुसार आर्थिक वर्ष २०७२÷७३ का लागि शाखा गाईघाटबाट न्यूनतम दुई करोडभन्दा माथिको कारोवार लक्ष्य लिइएको छ । सदरमुकाम गाईघाट लगायत आसपासका पूर्वी बेल्टार–बसाहा र पश्चिम कटारी क्षेत्रका नागरिकलाई लक्षित कार्यक्रम द्रुत गतिमा अगाडि बढाइने शाखाले जनाएको छ ।
      कर्जा लिन नेपाली नागरिक, नियमित आयस्रोत, घर निर्माणका लागि स्थानीय निकाय तथा नगरपालिकाले रितपूर्वक दिएको इजाजत सहितको घर धितो राख्नुपर्ने प्राबधान तोकिएको छ । त्यस्तै नयाँ घर बनाउन, घरको तला थप्न, तयारी घर किन्न, घर निर्माण गर्दा लिएको ऋण चुक्ता लगायतका प्रयोजनका लागि कर्जा प्रवाह गर्न सकिने म्यानेजर नायकले जानकारी गराए । ५३ वटै शाखाहरुबाट घरकर्जा कारोवार थालेको बैंकले हाल बिभिन्न ठाउँमा ६४ वटा एटीएम मेसिन सञ्चालन गर्दै आएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्