मधेस आन्दोलनका घाईतहरुलाई युवा नेता कुर्मीद्वारा खाद्यन्न बितरण
Advertise Here Book Now
वीरगंज,भदौ १७
संघिय समावेसी मधेसी मोर्चा पर्साका युवा नेता एवं नेपाल सदभावना पार्टी पर्साका सचिव कृष्णा प्रसाद कुर्मीको नेतृत्वमा गएको टोलीले बिगत १९ दिन देखि जारी मधेस आन्दोलनका घाईतेहरुलाई खाद्यन्न समाग्री बितरण गरेको छ । नारायणी उपक्षेत्रिय अस्पताल वीरगंज र नेशनल मेडिकल कलेज वीरगंज उपचार गराईरहेका आन्दोलनका घाईतेहरुलाई सो समाग्री बितरण गरिएको हो । नारायणी उपक्षेत्रिय अस्पतालमा भएको खाद्यन्न बितरण कार्यक्रममा नेता कुर्मी संगै अस्पतालका चिकित्सक डा. निरज सिंह,कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद , छपकैयाका स्थानिय युवा जितेन्द्र पटेल,बिकी कण्ठ,बिर्ताका प्रकास शर्मा लगायतको सहभागिता रहेको थियो । त्यसैगरी नेशनल मेडिकल कलेजमा बितरण कार्यक्रममा अस्पतालका एच.ओ.डी डा. रुहुल्लाह महम्मद,चिकित्सकद्वव दिपेश पटेल र डा. अमरेश यादव,युवा नेता कृष्णा प्रसाद कुर्मी ,युवाहरु जितेन्द्र पटेल,बिकी कण्ठ, प्रकास शर्मा , सतेन्द्र सिंह, ईन्द्रजित गुप्ता लगायतको सहभागिता रहेको थियो । घाइतेहरुलाई बिस्कुट,पाउरोटी,पानी,जुश लगायत खाद्यन्न समाग्री बितरण गरिएको हो ।


