एकीकृत नेकपा माओवादी द्वारा महेन्द्रनगरमा मसाल जुलुस
Advertise Here Book Now
अमरेन्द्र कुमार यादव
महेन्द्रनगर १६ भदौ ।
एकीकृत नेकपा माओवादीको मधेशी राष्ट्रिय मुक्तिमोर्चा नेपाल (क्रान्तिकारी) द्वारा धनुषाको महेन्द्रनगरमा आज बुधवार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ ।
महेन्द्रनगरको हनुमान चौक देखि सुरु गरिएको उक्त मसाल जुलुस सखुवा चौक ,अमर चौक ,क्षीरेश्वर चौक हुँदै नगर परिक्रमा गरि पुनः हनुमान चौकमा आएर कोणसभा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै एमाअेवादीको क्षेत्र नं. ५ का नेता विजय कुमार यादवले बिगतमा भएको सम्झौता कार्यन्वयन नभए सम्म मधेसमा जारी आन्दोलन नरोकिने बताए । मधेस अधिकारको लागि जारी आन्दोलनमा दमन गर्न सरकारले सेना परिचालन देखि कफ्र्यु समेत लगाकोले सेना फिर्ता गरिनु पर्ने धारणा व्यक्त गरे ।
एकीकृत माओवादीका नेता टंक प्रसाद उपाध्याय भण्डारीको नेतृत्वमा निकालिएको मसाल जुलुसमा उदय महतो, बिरेन्द्र महतो ,जिवछ धुनिया , समिम खान, शोभा कार्की लगायत काहरुको सहभागिता रहेको थियो ।

