अध्यक्ष ठाकुर भन्छन्, ‘मधेशीको टाउकोमा गोली हान्ने सशस्त्र प्रहरी र सेना फिर्ता गर’
Advertise Here Book Now
ठाकुरले सुरक्षा निकायको दमनले घाइते भएका मधेशीहरुले मधेशका अस्पतालहरु भरिएको भन्दै तत्काल सशस्त्र प्रहरी र नेपाली सेना त्यस क्षेत्रबाट फिर्ता गर्नु पर्ने बताए । उनले मधेशी जनताको घर–घरमा पसेर प्रहरीले कुटपिट गरेको आरोपसमेत लगाए ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा पत्रकारहरुसँगको भेटघाटमा अधयक्ष ठाकुरले मधेश आन्दोलनको समर्थनमा गाउँ गाउँको पान पसलदेखि चिया पसलसम्म बन्द रहेको बताए । ठाकुरले दिनप्रति दिन आन्दोलन चर्किदै गएको र प्रहरीको दमन बढ्दै गएको बताएका छन् ।
यस्तो अवस्थामा वार्ता हुँदैन
नेपाल सरकारले वार्ताको लागि पत्र पनि पठाउने र मधेशी जनताको हत्या पनि गर्ने अवस्थामा वार्ता हुन नसक्ने ठाकुरले ठाकुवा गरे । अध्यक्ष ठाकुरले संविधान निर्माणको प्रक्रिया नरोकेसम्म सरकारसँग कुनै किसिमको वार्ता नहुने बताए ।
अध्यक्ष ठाकुरले भने, ‘सबैभन्दा पहिला संविधान सभामा रहेको मस्यौदा विद्येयकलाई स्थागित गर्नु पर्यो, विगतमा भएका सम्झौता कार्यान्वयनको प्रतिबद्धता, आन्दोलित जिल्लामा परिचालित सेना र शसस्त्र प्रहरी ब्यारेक फिर्ता, आन्दोलनमा निधन भएकालाई शहिद घोषणा र घाईतेको निशुल्क उपचार हुनु पर्छ । त्यसपछि मात्र वार्ताको वातावरण बन्न सक्छ ।’
ठाकुरले नेपाली मिडियामा आए जस्तो आफूहरु वार्ताका लागि काठमाडौ नआएको उपचारका लागि आउनु परेको बताए । स्रोत ;हुलाकी न्यूज

