छयासठ्ठी किलोको लड्डु बनाई गणेश पूजा
Advertise Here Book Now
सुरेन्द्रकुमार कामति
सिरहा, ३१ भाद्र । सिरहाका स्थानीय युवाहरुले छयासठ्ठी किलोको लड्डु सहित विहीबार गणेश पूजाको प्रारम्भ गरेका छन् ।
सदरमुकाम सिरहाका ऐतिहासिक लक्ष्मीनारायण मन्दिर परिसरमा गणेश चतुर्दशीको अवसरमा स्थानीय युवाहरुले पहिलो पटक यति ठूलो आकारको बुनियाको लड्डु बनाएर विधिवत पूजाआजा सुरु गरेका छन् ।
बन्द÷हड्तालकावीच स्थानीय युवाहरुको सक्रियतामा गणेश भगवानको पूजाको कार्यक्रम प्रारम्भ गरिएको आयोजक कमिटिका सदस्य शम्भू साहले बताए । १० फिटको लामो गणेशको माटोको मूर्ती बनाएर विभिन्न साज सज्जाले सजाएको स्थानीय राजाबाबु सिंहले बताए ।
बन्द÷हड्ताल कारणले थप आकर्षण थप्न नसकेको बताउँदै सिंहले भने,‘पहिलो पटकमै हामी ६२ किलोको बुनियाको लड्डु बनाउँदै आकषर्ण थप्ने प्रयास गरेका छौं ।’
जिल्लामै यति ठूलो लड्डु पहिलो पटक बनाएर पूजााअजा सुरु भएकोले विभिन्न क्षेत्रबाट आउने दर्शनार्थीको संख्या बढ्ने आयोजकको अनुमान रहेको छ । तर बन्द÷हड्तालका कारण सार्वजनिक यातायातका साधन चल्न नसक्दा मेला भर्न दर्शनार्थीको केही कमी हुने आंकलन समेत गरिएको छ ।


