गच्छदार र थारूसँगको वार्ता सकारात्मक
Advertise Here Book Now

प्रमुख तीन दल आन्दोलनरत थारूहरूको माग सम्बोधनका लागि सकारात्मक भएका छन् ।  सरकारले तीनपटकसम्म वार्ताका लागि थारूहरूलाई पत्र पठाएपछि बिहीबार राति बालुवाटारमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसमेत सहभागी भएकोवार्तामा कांग्रेस, एमाले, एमाओवादी थारूहरूलाई पनि समेटेर जान तयार भएका हुन् ।सरकारले गत मंगलबार तेस्रोपटक वार्ताका लागि पत्र लेखेपछि थरुहट–थारुवान संयुक्त संघर्ष समितिको १३ सदस्यीय टोली वार्ताका लागि बिहीबार बालुवाटार पुगेको थियो । ४५ मिनेट औपचारिक छलफल भएपछि थारू नेताहरू बाहिरिएका थिए ।वार्तामा प्रधानमन्त्री सुशील कोइरालाले भनेका थिए, ।।।पछिल्लोसमय थारूहरूले शान्तिपूर्ण आन्दोलन गरेका छन््, माग पनि ठीक छन् ।  प्रस्तावलाई गम्भीरतापूर्वक लिएर छलफल गरी छिटै अर्को वार्ताका लागि खबर गर्छौ“ ।’ उनले शान्तिका लागि केही ठाउ“मा मात्र सेना निस्किएकोपनि बताएका थिए । आन्दोलन शान्तिपूर्ण हु“दै जा“दा बिस्तारै सुरक्षाकर्मी हट्नेउनको भनाइ थियो । वार्तामा एमाले नेता माधव नेपालले पनि राष्ट्रियताप्रति प्रतिबद्ध थारूका जायज माग सम्बोधन हुने बताएका थिए ।वार्ताका लागि सातबु“दे सर्तबाहेक स्वायत्त थारू प्रदेश नदिइए पनि विशेष संरचना वा क्षेत्र बनाएर थारू बहुल समुदायलाई समेट्ने तयारीमा प्रमुख दलहरू छन् । उनीहरूका सर्त पूरा गर्न पनि प्रमुख दल सकारात्मक छन् ।मृतकलाई सहिद घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, दंगाग्रस्त क्षेत्र हटाउनुपर्ने, गिरफ्तार गरिएकालाई छोड्नुपर्नेसहितका मागमा सामान्य कुराकानी भएकोवार्ता संयोजक धनीराम चौधरीले बताए । थारूको पहिचान सुनिश्चित गर्नप्रमुख दल तयार भए अर्को दिन पुनः वार्तामा बस्ने उनको भनाइ छ ।वार्तामा थारूका तर्फबाट वार्ताटोलीका १३ जना सदस्य सहभागी थिए । बालुवाटार गएका वार्ताटोली सदस्य राजकुमार लेखी पा“च मिनेटमै बाहिरिएका थिए । वार्तामा एमाले अध्यक्ष केपी ओली सहभागी नभएको भन्दै उनी बाहिरिएका हुन् ।वार्तामा संयोजक चौधरी, अमनलाल मोदी, राजकुमार लेखी, तेजुलाल चौधरी, रामजनम चौधरी, गोपाल दहितलगायत सहभागी थिए । वार्तामा कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालासहित कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमालेबाट माधव नेपाल, भीम रावल तथा फोरमबाट विजयकुमार गच्छदार सहभागी थिए । वार्ताटोली सदस्य अमनलाल मोदीले छलफल सकारात्मक भएको भन्दैशीर्ष नेताहरूको बैठकपछि शुक्रबार पुनः वार्ता हुने जानकारी दिए । माग सम्बोधन भए संविधानमा हस्ताक्षर गर्नसमेत थारू सभासद्हरू तयार भएकोस्रोतको भनाइ छ  ।आजको नया पत्रिकामा खबर छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्