मधेश र थारु आन्दोलन प्रति अमेरिकी नेपाली समर्थन
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम न्यू योर्क, २८ भाद्र । अमेरिकामा रहेका मधेशीहरु साँझा संगठन एसोसिएसन अफ नेपाली तराइन इन अमेरिका (एन्टा)ले आइतवार अमेरिकाको न्यूयोर्क शहरमाको मुटुमा रहेको टाइम्स स्क्वाईसमा मधेश आन्दोलनमा प्रति ऐक्तवद्धता जनाएका छन् । एन्टामा सदस्य सतेन्द्र साहले दिनु भएको जानकारी अनुसार सयौंको संख्यामा रहेका मधेशी समुदाय, आदिवासी जनजाती थारु समुदायको व्यक्तीहरुले कार्यक्रममा भाग लिएका थिए । सदस्य साहका अनुसार जनजाती महासंघ अमेरिकाको पनि जारी मधेश थरुहट आन्दोलन प्रति पुर्ण ऐक्यबद्धता रहेको बताउनु भयो । तत्काल संयुक्त राष्ट्र संघ सुरक्षा परिषद् र अमेरिकाले मधेश र थरुहटमा नेपाल सरकारद्धारा प्रहरी प्रशासन र सेना परिचालन गरी निहत्था मधेशी जनतालाई मार्ने कामको छानविन गर्न माग गरेको छ । उनीहरुले तत्काल मधेश थरुहटमा प्रहरी प्रशासनले ज्यादती गर्दै घर घर छिरेर, महिला बच्चा, बृद्धिलाई टाउको र छातिमा गोली हालेको कार्य घोर आपत्ति जनक रहेको सदस्य साहले बताए ।


