प्रचण्डद्धारा मधेशीको मतलाई ‘बलात्कार’ र लभलाई ‘तिरस्कार’
Advertise Here Book Now

Prachanda-2ऑनलाइन सिरहा डटकम /एकिकृन नेकपा माओवादी जनयुद्ध समयमा हुँदा लामो समय सम्म पहाडका जिल्लाहरुमा युद्ध गरे । तत्कालिन अवस्थामा पहाडका जिल्लाहरुमा एमाओवादीको अभियान र युद्धले आशातित सफलता प्राप्त नगरे पछि उनको ध्यान गयो, नेपालको समतल भुभाग मधेशमा, अनि उनीहरुले योजना बजाएर मधेशमा माओवादीलाई विस्तार गर्न सके तत्कालै सत्ता कब्जा गर्न सकिन्छ । त्यसो प्रमुख कारण थियो, छिमेकी मुलुक भारत सँगको खुल्ला सिमा नका , खुल्ला सिमा नाका आवत जावत गर्न र धेरै मधेशीको आफन्तहर पारी रहेको हुनाले पारी बसेर पनि आन्दोलनलाई सहयोग गर्न सक्ने खुपिया योजना । सोही खुपिया योजना अन्तर्गत विस्तारै मधेशमा माओवादीहरुको जालो फिजाउन थाले प्रचण्डले जब मधेशमा माओवादीको व्यापक विस्तार भयो, त्यसपछि माओवादी आन्दोलन एउटा चरम चुलीमा पुगे । शान्ति प्रक्रियामा आई सके पछि एमाओवादीको भोट व्यांक मधेश हुन पुग्यो ।
पहिलो संविधानसभामा मधेश बाट एमाओवादी राम्रो संख्यामा प्रत्यक्ष बाट जित पनि हासिल गरे । तर एमाओवादीले जहिले पनि मधेशी जनताबाट लिन मात्र जाने, दिने कुरा केवल उनका लागि रणनित मात्र थियो, अहिले पनि त्यही गरी रहेका छन् । संविधान सभा पहिलो हुँदा पनि मधेशवादीहरु सँग मोर्चा बनाई विभिन्न काल खण्डमा आफ्ना व्यतिगत र राजनितिक फाइदाका लागि विभिन्न मोर्चाबन्दी गर्दै प्रयोग गरे । मधेशवादी पनि चालाख र चतुर प्रचण्डको प्रचण्डनिती बुझन सकेनन् ।
रौटहटमा फोरम नेपाल र एमाओवादी बीच भएको झडपमा तिन दर्जन भन्दा बढी कार्यकर्ता मारिए पछि त प्रचण्डको होस हवास नै उड्यो । शान्ति प्रक्रियामा आई सकेपछि माओवादीले सबै भन्दा बढी क्षति व्यहोरेको रौटहटमा नै हो । त्यसको बदला लिन प्रचण्ड लामो समय प्रयास गरे र अहिले आएर आफना तिन दर्जन कार्यकर्ता मारेको बदला फोरमका अध्यक्ष उपेन्द्र यादव सँग राम्ररी नै असुल गरे । त्यही भएर अहिले मधेशमा सेना परिचालन गर्दा एक शब्द पनि बोलेका छैनन् । उनले मधेशमा सेना परिचालन गरी मधेशी जनतालाई दबाउने योजना आजको नभई धेरै पुरानो भएको एक जानकारले बताए ।
पहिलो मधेश आन्दोलन हुँदा सेना सँग आफनो लडाकु पनि परिचालन गरी मधेश आन्दोलनलाई दमन गर्न चाहन्थे प्रचण्ड । तर अनमिनको रोहबरमा सेना र लडाकु दुबै शिविर बाट बाहिर ल्याउन नमिल्ने सम्झौता अनुसार पछाडि हट्न बाध्य भए । अहिले प्रचण्डको भाषण सुन्दा केपी ओली भन्दा चर्काे मधेशी र थारु विरोधी भाषण गर्न थालेका छन् । उनको भाषण सुनेर अहिले एमाओवादीका नेता तथा कार्यकर्ता भन्दा एमाले र कांग्रेसका कार्यकर्ता बढी खुशी छन् ।
दोस्रो संविधान सभाको निर्वाचनमा झापा देखि कंचनपुर सम्ममा ११६ निर्वाचन क्षेत्रहरू मध्ये मधेशी जनताले सबै मधेशवादी पार्टी मिलाएर १२ वटा निर्वाचन क्षेत्रमा जिताए, जबकी त्यतिकै सिटमा १२ वटामा एमाओवादीलाई पनि जिताए , मधेशवादी भन्दा साढे तीन गुणा बढी मत बिश्वास र ३८ सीट एमालेलाई जिताए । मधेशी जनताले, सबै भन्दा बढी बिश्वास , भोट हालेर ५२ सीटमा काग्रेस पार्टी जिताए । तर तिनै मधेशी जनताको मत पाएर उन्माद चढेकाहरु मधेशी जनतालाई शसस्त्र, सेना र स्पेशल कमाण्डो परिचालन गरी छाति र टाउकोमा गोलि हानि रहेका छन् ? मधेशी जनताले गरेको विश्वास एमाले, कांग्र्रेस र माओवादीले हाल सम्म आन्दोलनमा तिन दर्जन मधेशी युवा मारेर लास उपहार दिएका छन् । हुँदा हुँदा त अब शुशिल कोइराला, प्रचण्ड र केपी ओलीले त मधेशको आन्दोलन नभई हिंसा र राष्ट्रियता विरुद्धको आन्दोलन भएको आरोप समेत लगाए । बाहिरी घुसपैठ भएको समेत भने, अन्य दलका कार्यकर्तालाई नभई आफनै पार्टीका हनुमानहरुलाई एक पटक ति मत हाल्ने जनता समक्ष पुगेर सोध्ने हो कि ? अहिले मधेशी जनता कांग्रेस, एमाले र माओवादीलाई मत दिएर ठुलो गल्ती गरेको आत्मग्लानी महसुस गरी रहेका छन् ।
सोझा मधेशी जनताले प्रचण्डको प्रचण्ड गरिमालाई कायम राख्दै बहुमतले जिताए र उनको संविधान सभामा ‘लाज’ र ‘इज्जत’ राखे । आज तिनै मधेशी थारु जनताको मतलाई प्रचण्डले प्रहरी, सेना र स्पेशल कमाण्डो परिचालनको मतियार बनि ‘बलात्कार’ गरेका छन् । 
दोश्रो संविधान सभाको समयमा एमाओवादी र प्रचण्डको योजना नराम्ररी फेल खायो । पुर्ण बहुमत ल्याउँछु सोचेका प्रचण्ड यसरी पल्टिएकी निर्वाचनको पुर्ण परिणाम नआउँदै आँतिएर पागल जस्तै भएका थिए । दोश्रो संविधान सभाका चुनावमा प्रचण्ड काठमाडौं क्षेत्र नं. १० र सिरहाको क्षेत्र नम्बर ५ बजे निर्वाचनमा प्रतिस्पर्धा गरे । काठमाडौंको जनताले त प्रचण्डलाई हराएर राम्रो सबक नै सिकाए । तर सोझा मधेशी जनताले प्रचण्डको प्रचण्ड गरिमालाई कायम राख्दै बहुमतले जिताए र उनको संविधान सभामा ‘लाज’ र ‘इज्जत’ राखे । आज तिनै मधेशी थारु जनताको मतलाई प्रचण्डले प्रहरी, सेना र स्पेशल कमाण्डो परिचालनको मतियार बनि ‘बलात्कार’ गरेका छन् ।
निर्वाचनको केही समय पछि प्रचण्डले एउटा औपचारिक कार्यक्रममा निकै भावुक भएर बोलेका थिए, ‘मलाई मधेशी जनता र मधेश सँग गहिरो लभ परेको छ’ । अहिले मधेशी जनता प्रचण्ड सँग सोध्न चाहन्छ, प्रचण्ड ज्यू तपाईको मधेशी जनता र मधेशी सँग यो कस्तो लभ थियो ? टाइम पास, युज एण्ड थु्र वा अन्य कुनै लभ ? प्रचण्डले मधेशी जनतालाई लभ नगरे पनि मधेशी जनताले प्रचण्डलाई गरेको लभलाई नमिठो तरिकाले ‘तिरस्कार’ गरेका छन् । लभ तिरस्कार भए पछि दुई वटा विल्कप बाँकी रहन्छ कुनै पनि व्यक्ती सामु १. उ आत्महत्या गर्छन र आफैलाई सिध्याउँछन् २. उ झन बलियो भई बदलाको प्रतिशोधमा बदला लिने प्रयास गर्ने छन् । अब हेर्न बाँकी छ, प्रचण्डले मधेशी जनताको मतलाई ‘बलात्कार’ र लभलाई ‘तिरस्कार’  भोलिको दिनमा कस्तो अवस्था सृजना गर्छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्