ऋतिककी पूर्व–पत्नि र अर्जुन क्याफेमासँगै भेटिए
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम /केही दिनअघि ऋतिक रोशनकी पूर्व–पत्नी सुजैन खान र अर्जुन रामपालबीच बिहे हुने हल्लाले बलिउड तातेको थियो । र, त्यसको केही दिनमै सुजैैनकी आमा, भाई र अर्जुन रामपाल स्वयंले सो हल्ला निराधार भएको बताएका थिए ।उनीहरुले त्यो खबरको खण्डन गरेतापनि अर्जुन र सुजैन क्याफेमा सँगै भेटिएका छन् ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनीहरु एक–अर्कामा हराए जस्तरी कुरा
गरिरहेका देखिन्थे । उनीहरूको त्यो एकअर्काबीच रहेको मग्नताले उनीहरुबीच
मित्रताभन्दा गहिरो चिज रहेको संकेत गरेको मिचाया रिपोर्षमा उल्लेख छ।
एकअर्कामा हराइरहँदा उनीहरुलाई वरीपरी के भइरहेको छ भन्ने सम्म थाहा थिएन ।
सुरुमा बस्दा सुनसान रहेको क्याफेमा बिस्तारै ग्राहक भरिँदै जाँदासम्म
उनीहरुले केहि चाल पाएनन् । ग्राहकको भिड बढेपछि र सबैले आफूहरुलाई नै
हेरिरहेको थाहा पाएपछि उनीहरु त्यहाँबाट निस्केका थिए । भारतीय
सञ्चारमाध्यमले यसलाई समाचार बनाउँदै लेखेका छन्,‘ बिहेको गसिप चलिरहँदा
उनीहरु सँगै भेटिनुले कतै साँच्चै उनीहरुको विहे हुन लागेको त होइन?’भन्ने
आशंका बढाएको छ।
त्यसो त ऋतिक–सुजैनबीच सम्बन्धमा फाटो आउनुमा ऋतिककै नजिकका साथी अर्जुनको
हात रहेको बताइन्छ । तर, उनीहरुले यसलाई बारम्बार खण्डन गर्दै आइरहेका छन् ।
भर्खरै चलेको बिहेको हल्लामा पनि अर्जुनले भनेका थिए,‘यो खेल जसले
खेलिरहेको छ, उसमा असुरक्षाको भावना आएकाले खेलिरहेको छ । चाँडै नै उसमा
आत्मविश्वास आओस् र आफूलाई माफ गर्न सकोस् ।’त्यस्तै, सुजैनकी आमाले पनि
सुजैनले बिहे गर्ने मान्छे हालसम्म कोही नभएको र कसले अफवाह फैलाइरहेको
आफूलाई थाहा नभएको बताएकी थिइन् । बताइएअनुसार अर्जुनले आफ्नी श्रीमतीसँग
डिभोर्स चाहिरहेका छन् ।

