दसैँ र तिहारमा विद्यालय बन्द नहुने
Advertise Here Book Now

दाङमा यस वर्ष दसैँ र तिहारको बिदामा पनि सरकारी विद्यालयमा पढाइ हुने भएको छ । विभिन्न राजनीतिक दल र पक्षबाट लामो समयसम्म विद्यालय बन्द हुँदा पढाइ प्रभावित भएपछि दसै र तिहारको बिदामा पनि पढाइ सञ्चालन हुने भएको जिल्ला शिक्षा कार्यालय दाङले जानकारी दिएको छ ।
झन्डै एक महिना विद्यालय बन्द हँुदा पाठ्यक्रम अघि बढ्न सकेको छैन । जसको असर परीक्षामा देखिने भएपछि शिक्षा कार्यालयले बिदाको समयमा पनि पढाइलाई निरन्तरता दिन लागेको शिक्षा अधिकारी प्रल्हाद अर्यालले जानकारी दिनुभयो । शिक्षा कार्यालयको क्यालेन्डरमा दसैँ र तिहारको बीचमा १२ दिन बिदा उल्लेख गरिएको छ । अब सो अवधिमा पनि दाङका सरकारी विद्यालयमा पढाइ जारी रहने छ ।
जिल्ला शिक्षा कार्यालयले सो अवधिमा पढाइलाई निरन्तरता दिन निर्देशनसहितको परिपत्र गर्ने तयारीसमेत गरेको जनाएको छ । दाङमा ४२३ सामुदायिक विद्यालयमा एक लाख १९ हजार विद्यार्थी अध्ययनरत छन् । रासस

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्