चितुवाको छाला सहित तुलसीपुरबाट ४ जना पक्राउ
Advertise Here Book Now

-----------------------------------------------------------------------------------------
दाङ, १०-असोज / इलाका प्रहरी कार्यालय तुलसीपुरले २ वटा चितुवाको छाला सहित चार जनालाई नियन्त्रणमा लिएको छ । बा १२ प १४७८ नम्वरको मारुती सुजुकी कारलाई जाँच गर्ने क्रममा पछाडीको सिटमा झोलामा राखेको २ थान चितुवाको छाला शनिबार राती तुलसीपुर ५ विरेन्द्र चौकबाट बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
कारमा सवार सल्यान सिद्धेश्वरी ९ का ३३ बर्षिय शोभाराम कवर, शारदा नगरपालीका १ श्रीनगर का २८ बर्षिय नविन श्रेष्ठ, जिमाली २ बस्ने ३० बर्षिय तिलकराज बोहरा र बाँके कम्दी ९ बस्ने २८ बर्षिय झकबिर परियारलाई पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख, डिएसपी कृष्ण प्रसाँईले जानकारी दिनुभएको छ ।
बरामद गरिएको २ थान चितुवाको छाला र ४ जना व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि धनौरी ईलाका वन कार्यालय तुलसीपुरको जिम्मा लगाइएको छ । सादा पोशाकमा रहेका प्रहरीको टोलीले उक्त छाला र व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्