सिरहामा ईन्द्र पुजा धुमधामका साथ मनाइदै ।
Advertise Here Book Now

-----------------------------------------------------------------------------------------
कृष्ण मोहन चौधरी ।
सुखीपुर (सिरहा) असोज १० गते ।
विगतका बर्ष झै यस बर्ष पनी सिरहाको सुखीपुर लगायतका स्थानहरूमा विविध कार्यक्रमका साथ मनाइ रहेको इन्द्र पुजा समिति सुखीपुरले जनाइएको छ ।
पुजा समिति सुखीपुरका अध्यक्ष रविन्द्र साहका अनुसार सुखीपुरमा ईन्द्र महोत्सव बिगत दश दशक देखी हाम्रा पुर्खाहरूले मनाउदै आइरहेको यो समाजिक प्रतिस्ठासंग जोडिएको उहाले बताउनु
भयो ।
संगै यो परापुर्वकालदेखि मनाउने धार्मिक चलन रहेको स्थानीय युवा रत्नेश चौधरीले बताउनु भयो ।
यस कार्यमा सम्पूर्ण पक्षको उल्लेखनिय सहयोग रहने समेत बताउनु भयो ।
मेलाका प्रमुख आकर्षण साँस्कृतिक कार्यक्रम भोरुकवा एफ एम मैथिली सास्कृतिक झाकीहरु प्रस्तुत गरिने बताइएको छ ।
मेला हेर्न नेपाल लगायत सिमावर्ती क्षेत्र मधुवनी जिल्लाका दर्शनार्थीहरुको उल्लेखनिय सहभागिता रहने बताइएको छ ।
मेलामा सरक्षार्थ सशस्त्र तथा जनपद प्रहरी परिचालन गरिने बताइएको छ ।
इन्द्र पुजामा आन्नद पुजन कार्यक्रम बिहान १० बजे प्रारम्भ गरिने सुद्ध योग रहेको सुखीपुर इन्द्र पुजा मन्दिरका पुजारी रामेश्वर गिरीले बताउनु भयो ।
आनन्द पुजनका लागि बिहानै देखी भक्तजनको धुईचो लागेको छ ।इन्द्र महोत्सव सिरहा जिल्लाको लहान , सुखीपुर ,बरियारपट्टी लगायतको स्थानहरुमा प्रमुख रुपमा तथा देशै भरि बिभिन्न कार्यक्रमका साथ इन्द्र जात्रा मनाइरहेको प्राप्त समाचार प्राप्त भएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्