शिव पटेललाई पनि पक्राउ पुर्जी
Advertise Here Book Now
बीरगंज ,१२,असोज
नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य एवं संघिय समावेसी मधेसी मोर्चाका नेता शिव पटेललाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय सिमराले प्रहरी खटाएको छ । जारी मधेस आन्दोलनको क्रममा वीरगंज पथलैया सडक खण्ड स्थित उद्योगमा तोडफोड गरेको आरोपमा ईलाका प्रहरी कार्यालय सिमराले ९ जना माथी सार्वजनिक मुद्दा दर्ता गरेको जस मध्ये तराई मधेस लोकतान्त्रिक पार्टीका सह महामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिसोर सिंहलाई पक्राउ गरी प्रशासनले मुदा चलाईरहेको बखत सोही मुद्दामा आरोपीत पर्सा जिल्लाका शिव पटेललाई पनि पक्राउ गरी कारवाही चलाईने प्रहरीले तयारी गरिरहेको हाम्रा सम्बन्ध सुत्रले जनाएको छ । पर्सा र बारामा जारी मधेस आन्दोलनलाई तुहाउन ई.प्र.का सिमराले बाराका मुख्य भुमिका निर्वाह गर्दै आएका जितेन्द्र सोनल, नवलकिसोर सिंह र पर्साको आन्दोलनको नेतृत्व गरिरहेका शिव पटेल र प्रदिप यादवलाई मुख्य दोषी बनाई सार्वजनिक अपराध मुद्दा दायर गरिएको ई.प्र.का सिमराको प्रहरी सुत्रले जनाएको छ । आन्दोलनकारीहरुको पक्षबाट मुद्दाको बहस गरीरहेका बारा जिल्ला निवासी अधिवक्ता रामचन्द्र प्रसाद सिंह संग सम्पर्क गर्दा आन्दोलनलाई बदनाम गराउन बारा प्रहरी निद्रोष पर्सा र बाराका नेताहरुमाथीे मुद्दा दायर गरेका जुन न्याय संगत नरहेको र यो आन्दोलन अधिकार प्राप्तिको लागि भईरहेको बताउनु भयो ।
