बाराही ईन्टरनेट वीरगंजद्वारा एक हजार आन्दोलनकारीलाई खाजा बितरण
Advertise Here Book Now
वीरगंज,असोज ११
जारी मधेस आन्दोलनको आज ४५ औं दिन मधेसी मोर्चाले नेपाल भारत मितेरी पुलमा प्रर्दशन जारी नै राखेको छ । पाँच दिन देखि पुलमै नाकाबन्दी गरी प्रर्दशन गर्नुको साथै २४ घण्टानै मोर्चाका अगुवा नेता एवं कार्यकर्ताहरुले प्रर्दशन गरिरहेका छन् । आज बाराही ईन्टरनेट वीरगंज शाखाले एक हजार आन्दोलनकारीलाई दिउँसोको खाजा बितरण गरेको छ । ईन्टरनेट शाखाका प्रमुख प्रदिप कुशवाहाको नेतृत्वमा गएको टोलीमा मुकेश कुशवाहा, मेराज आलम, अरुण चौरसिया, सेठी कुशवाहा , कन्हैया कुशवाहा लगायतकाले खाजा बितरण गरेका थिए । मोर्चाका अगुवा नेता एवं कार्यकर्ताहरुले उदाहरणीय एवं उल्लेखनिय काम गरेको हुनाले बधाई एवं शुभकामना दिएका थिए । मधेस आन्दोलनमा एक्यवद्धता जनाउदै मधेसको जायज माँग पुरा गर्नको लागि शाखाका प्रमुख कुशवाहाले नेपाल सरकारलाई आग्रह समेत गरेका छन् । वहाँले मधेस आन्दोलनमा सहादत प्राप्त गरेका वीर शहिद प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै गम्भिर घाईते भएकाहरुको शिर्घ स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।


