सिरहामा रातभर जागेर नाकाहरु बन्द गराउदै
Advertise Here Book Now
असोज,११ सिरहा । आईतबार देखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्नो फरक कार्यक्रम भारतीय नाकाहरुमा गरेका छन् । मोर्चाका कार्यकर्ताहरुले जिल्ला भन्सार कार्यालय माडर खैरटोका नजिक रहेको बेतौनामा रातभर जागेर ग्राम वसी मालवाहक सवारी साधनलाई जिल्लामा प्रवेश गर्न रोक लगाएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आईतबार राती सडकमै रात्री भोजको आयोजना गरी सम्पुर्ण बन्दकर्ताहरुलाई सडकमा वसाएर भोज खुवाएर रातभर सडक अवरुद्ध गरेको संघिय समाजवादी फोरम नेपालका नेता मनोरंजन गोईतले जानकारी दिए । आईतबार संयुक्त लोकतान्त्रि मधेशी मोर्चाले सिरहाको माडरबाट सान्तीपुर्ण ¥याली निकाली धर्ना दिने स्थान बेतौनामा कोण सभामा परिणत गरेका थिए । कोण सभामा विभिन्न व्यक्तिहरु आफ्नो भनाई राखेको मोर्चाका रमेश मंडलले जानकारी दिनुभयो । रातभर दिने धर्ना कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका उपाध्यक्ष लालवावु यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य त्रिपुरा झा, मो. खालिद सिद्धकी र जिल्ला अध्यक्ष किशोरी यादव लगायतका व्यक्तिहरुको उपस्थिती रहेको मोर्चाले जनाएको छ । साथै मधेश आन्दोलनलाई थप शक्ति दिनको लागि प्रध्यापक चन्द्रेश्वर यादव र सर्वोदय जनसेवा क्लवका अध्यक्ष नवीन यादव लगायतका व्यक्तिहरुको सक्रिय सहभागीता रहेको मोर्चाले जानकारी दिए । सयौंको संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले विगत तिन दिन देखि जिल्लाका प्रमुख तथा सहायक नाकाहरुमा सान्तपुर्ण रुपमा धर्ना दिदै आएको । यसलाई सफल पार्न र मधेशीको अधिकार दिलाउनका लागि सम्पुर्ण मधेशीहरुको सहयोग आवश्यक रहेको संघिय समाजवादी फोरम नेपालका केन्द्रिय कोषाध्यक्ष विजय यादवले जानकारी दिए । अधिकार प्राप्त नभए सम्म हाम्रो धर्ना नियमित रुपमा जारी हुने यादवले बताए,

