संविधानको विरोधमा झुण्डिएर आत्महत्या
Advertise Here Book Now
महोत्तरी, ४ असोज । संविधानको पर्खाइमा अनेकन बाजी थाप्नेहरु मध्येका सर्तहरु थिए संविधान जारी भएपछि दाही दाह्री काट्ने, बिहे गर्ने, आदी ।
तर महोत्तरीको गौशालाका एक व्यक्तिले संविधान जारी भए मात्रै आफु नरहने बताउँदै आएपनि उनले आफ्नो अडान लागू गरी छाडेका छन् ।
आइतबार साँझ संविधान जारी भएसँगै ५० वर्षीय रामप्रदिप महतोले आँपको रूखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आइतबार दिउसो छिमेकीहरूलाई भेला पारेर महतोले यो संविधान जारी भए आफूले आत्महत्या गर्ने चेतावनी दिएका थिए ।


