सिरहामा सितादेवी यादव पछि सभासद डा.गणेश मण्डलको घरमा तोडफोड
Advertise Here Book Now

 लहान । नेपाली काँग्रेस सिरहा क्षेत्र नम्बर ६ का सभासद डा.गणेश मण्डलको घरमा तोडफोड भएको छ ।
आन्दोनरतका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले उनको घरमा तोडफोड गरेका छन् ।
सभासद मण्डलले टेलिफोन सम्पर्कमा भने, ‘घरमा तोडफोड भएको खबर पाएको छु । कति क्षति भएको त्यो यकिन हुन सकेको छैन् ।’
आइतबार नै सिरहा क्षेत्र नम्बर ३ की सभासद सितादेवी यादवको घरमा पनि आगजनी गरिएको थियो ।
सिरहा लगायत मधेशका जिल्लाहरुमा आइतबार विहानै देखि कालो झण्डासहित आन्दोलनमा मोर्चाका कार्यकर्ता सडकमा ओर्लिएका छन् ।
मधेशका केही जिल्लामा एमाले र काँग्रेसको पार्टी कार्यालय तथा सभासदको घरमा तोडफोड र आगजानी भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्