मधेशमा वेलकम ईन्डिया
Advertise Here Book Now
रंजन भण्डारीजलेश्वर,आश्विन १२ गते ।
मधेशमा भैरहेको आन्दोलन र भारतले सिमाको शुरक्षा व्यवस्था कडा पारेकोमा काठमाडौं लगायतका ठाउमा व्याकअफ ईण्डियाको नारा लगाईरहेको केहिको विरोधको जवाफ दिदै मधेशले वेलकम ईण्डियाको नारा अघि सारेका छन ।महोत्तरी सदरमुकाम जलेश्वरका युवा,नागरिक समाज,उद्योगी,व्यापारी,बुद्धिजिवी लगायतले र्याली निकाल्दै भारतलाई भने स्वागत गरेका छन ।
जलेश्वरमा वेलकम ईण्डियाको फ्लास वोर्डका साथ सडकमा आएका आम जनसमुदायले नगरपरिक्रमा गरेका थिए । फेसवुक र ट्विटरमा समेत अहिले व्याकअफ ईण्डिया र वेलकम ईण्डिया दुवैको समर्थन र विरोधमा प्रतिश्पर्धा नै चलेको छ ।
एक समुहले सरकार र मधेशीविचको द्वन्द आन्तरिक भएको र यसमा वाहिरि हस्तक्षेप स्विकार्य नहुने भनिरहेको वेला अर्को पक्षले भने वर्षौ देखि मधेश र मधेशीको आवाजलाई दवाउदै आएको वर्ग विशेषले दमन गर्दा छिमेकी पनि एक हदसम्म मात्रै हेरेर वस्ने र त्यो असहय भएपछि अवश्य पनि झगडा नगर मिलेर वस भन्न पाउने बताउछन ।


