मधेशका जिल्लामा धमाधम कांग्रेस, एमाले र एमाओवादी परित्याग गर्दै
Advertise Here Book Now

वीरगञ्ज, १२ असोज । मधेशका जिल्लाहरुबाट सयौंको संख्यामा नेपाली कांग्रेस, एमाले र एमाओवादीका कार्यकर्ता पार्टी परित्याग गरी रहेका छन् । मंगलवार बिरगंज नेकपा एमाले बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य श्री हरिहर यादवको नेतृत्वमा सैयौंको संख्यामा नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी पार्टीका सक्रिय स्थानीय कार्यकर्ता पार्टी परित्याग गरि सदभावना पार्टीमा प्रवेश गर्दै गरेका छन् । उनीहरुले कांग्रेस, एमाले र एमाओवादीले मधेशी जनताको मत प्राप्त गरे पनि जनतालाई धोका दिएको आरोप लगाएका छन् । पार्टी प्रवेश कार्यक्रममा आफ्ना विचार राख्दै उनीहरुले कांग्रेस, एमाले र माओवादी जस्ता पार्टी अगामी निर्वाचनमा मधेशमा लज्जास्पद तरिकाले हार्ने ठोकुवा समेत गरे । उनीहरुले मधेशी जनताको दुःख पहाडी नेतृत्वका पार्टीले कहिले पनि बुझ्न नसकेको भन्दै उनीहरु मधेशीलाई केवल भोट ब्यांकको रुपमा बुझेको समेत बताए । तिन पार्टीबाट १ सय ५० जना सक्रिय शिर्ष कार्यकर्ताहरुले पार्टी त्याग गरेको घोषणा गर्दै सद्भावना पार्टीका प्रवेश गरेका छन् । कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उनीहरुलाई फुलमाला लगाएर स्वागत गरेका थिए । - 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्