आन्दोनकारीलाई फसाउन प्रशासनको यो हरकत सिडिओ भन्छन– ‘उजुरी फिर्ता लिए गोली हान्छु’
Advertise Here Book Now
बारा १२ असोज, बाराका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले लुना ट्रेडर्सका म्यानेजर लियोन मजुमदारलाई गोली हान्ने धम्की दिएका छन । लुना ट्रेड्सले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी फिर्ता लिन गएपछि प्रजिअ पन्थीले म्यानेजर लियोनलाई यसरी धम्काएका हुन् । मधेश आन्दोलनको क्रममा बाराको लिपनीमालस्थित एउटा व्यापारिक गोदाममा भएको तोडफोड र आगजीन भएकोमा गोदाम सञ्चालक लुना ट्रेड्सले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दर्ता गएको थियो । ट्रेड्सले जिल्ला प्रशासनमा दिएको उजुरीमा अज्ञात व्यक्तिले तोडफोड र आगजनी गरेको उल्लेख गरे पनि प्रहरी प्रशासनले सोही उजुरीलाई आधार भन्दै मधेश आन्दोलनलाई दबाउन तमलोपाका महामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंहलाई पक्राउ गरेको छ भने संघिय समाजबादी फोरम नेपाल पर्साका अधयक्ष प्रदीप यादव , लिपनी विर्ता ईकाइ अध्यक्ष संजय मण्डल,क्षेत्रिय सचिव राधेकृष्ण रौनिया ,क्षेत्रिय सदस्य कृष्ण महतो, क्षेत्रिय सदस्य ईन्द्रदेव महतो बारा जिल्ला विद्यार्थि फ्रन्टको अध्यक्ष संतोष यादव तथा नेसपाका केनिदय सदस्य शिव पटेल, लगाएत विरुध मुदा गर्ता तथा पक्राउ पुर्जि जारिगरिएको छ । मजुमदारले आफूले कसैविरुद्ध किटानी उजुरी नदिएको र सोही उजुरीका आधारमा प्रहरी प्रशासनले मधेसवादी नेतालाई फसाएर आफू बच्ने काम गरेको भन्दै उजुरी फिर्ता लिन पुगेका थिए । ‘तैले हामीलाई फसाउन खोजेको हो ? यहाँबाट भाग, म उजुरी फिर्ता गर्दिन बढी कुरा गरिस भन्ने गोली हान्दिन्छु’ भन्दै प्रमुख जिल्ला अधिकारीले धम्काएको पिडित लियोनले गुनासो गरेका छन । यता प्रमुख जिल्ला अधिकारी पन्थीले उजुरीकर्तालाई आफूले गोली मार्ने धम्की नदिएको बताएका छन । पहिला उजुरी दिने तर, कारवाहीको प्रकृया अगाडी बढाएपछि उजुरी फिर्ता मागी आफूहरुलाई फसाउने उजुरीकर्ता लियोनलाई गोली हान्ने धम्की नदिई बरु कारवाही गर्छु भनेको उनले बताए । लोकतन्त्रमा सबैको समान अधिकार हुने भएकाले कसैले कसैमाथि कुनै प्रकारको किटान जाहेरी नदिदा पनि प्रहरी प्रशासनले उनको उजुरीको आधारमा निर्दोष व्यक्तिलाई गैरकानुनी तरिकाले फसाउने खेल खेल्नु नाजायज भएको बताइएको छ । किटानी जनै नभएको जाहेरीलाई आधार बनाएर आफू कानुनबाट उम्किनलाई गैरकानुनी रुपमा सोनल र सिंहलाई फसाउने षडयन्त्र गरेपछि बाराको प्रहरी प्रशासन आफ्नै जालमा फस्ने स्थिति देखिएको सर्वत्र चर्चाको विषय छ । क्षेत्राधिकार बाहिर गएर बिगो तोकेको भन्दै बार एशोसिएनले प्रजिअ, प्रहरी उपरिक्षक र प्रहरी निरिक्षकलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा जिल्ला अदालत बारामा दायर भएको छ । प्रमुख जिल्ला अधिकारी पन्थी , प्रहरी उपरिक्षक लोकेन्द्र बहादुर मल्ल र ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक पुरुषोत्तम खडकालाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा अदालतले सोमबार पत्र बुझाएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै जिल्ला अदालतका न्यायाधीस रितेन्द्र थापाको एकल इजलासले मुद्दा चलाउनुपर्ने कारणसहितको लिखित जवाफसहित २४ घन्टाभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो । बन्दीसहितलाई उपस्थित गराउन आदेश भएको छ । उनिहरुलाई आज (मंगलबार) अदालतमा उपस्थित हुनुपर्ने छ । गैरकानुनी तवरबाट तमलोपाका महामन्त्री जितेन्द्र सोनल र जिल्ला अधयक्ष नवलकिशोर सिंहलाई क्षेत्राअधिकार बाहिर गएर बिगो तोकेको आरोप उनीहरूमाथि छ । २०७२ सालको संविधानमा एकबर्ष सजाय हुने मुद्दा र दुइ बर्ष कैद हुन सक्ने सार्वजनिक मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्न नपाउने व्यवस्था रहेको मुद्धा दायरकर्ता अधिबक्ताहरूको जिकिर छ । प्रजिअ पन्थीले तमलोपाका महामन्त्री सोनल र जिल्ला अध्यक्ष सिंहलाई जनही १ लाख ४९ हजार ३ सय ७५ रुपैया बिगो तोकेका थिए । तोकेको विगो नतिरे पछि उनीहरूलाई कारागार चलान गरिएको थियो ।


