नेपाली टीभि च्यानल प्रशारणमा रोक लगाउने मोर्चाको चेतावनी
Advertise Here Book Now
बीरगन्ज असोज १२
नेकपा माओबादी चन्द समुहले नेपालमा भारतीय टेलीभिजन च्यानल बन्द गराएकोमा संयुक्त लोकतान्त्रि मधेशी मोर्चाले आपति जनाएको छ । केही ‘अराजक तत्व’हरुले सदियौंदेखि कायम नेपाल भारतको सम्बन्ध खलबलाउने सक्रिय भएकोप्रति ध्यानाकर्षण भएको मोर्चा पर्साका संयोजक जनपरिचालन समिति संयोजक प्रदीप यादवले मंगलबार पत्रकार भेंटघाटमा बताए ।
‘जारी मधेश आन्दोलनमा विश्व समुदायबाट चौतर्फी सहयोग प्राप्त भईरहदा आन्दोलनको मुद्दालाई बंग्याउन दिगभ्रमित पार्न खोजेका छन्,’ वीरगन्जमा भएको पत्रकार भेंटघाटमा यादवले जारी गरेको बिज्ञप्तिमा छ, ‘विप्लब भन्ने नेत्रबिक्रम चन्दले पुष्पकमल दहालसंग आर्थिक हरहिसाब नमिलेपछि पार्टी परित्याग गरेर बेग्लै संगठन निमार्ण गरेको तथ्य लुकेको छैन् ।’
चन्दको संगठनले नेपालमा प्रशारित भारतीय मेडिया र भारतीय सवारी साधनलाई बन्दको अवहान गरेको खबरले लोकतन्त्रमा जनताको स्वतन्त्रतामा अंकुश लगाउन खोजेको बिज्ञप्तिमा भनिएको छ । ‘आम मानिसले कुन संचारमाध्य हेर्ने त्यो उसको स्वतन्त्रताको बिषय हो । कुनै समुह वा संगठनले त्यो निर्धाण गर्ने कुरा होइन् । यसमा प्रतिबन्धको कुरा कदापी मान्य हुदैन्,’ बिज्ञप्तिमा छ, ‘यस गतिबिधीमा केबुल एसोशिएशनको समेत संलग्नता देखिएकोले सच्चिनको लागि चेतावनी दिइन्छ । नसच्चिए परिणाम नराम्रो हुने अवगत गराइन्छ ।’
मधेश क्षेत्रमा खसहरुको भाषा नेपालीका हरेक संचारमाध्यममा यहाँका जनताले प्रतिबन्ध लगाउने यादवले जनाए । ‘नेपालमा संचालित पहाडी मेडियाले मधेश विरोधी मात्र समाचार सम्प्रेशन गरेको पाइएमा त्यसता मेडियालाइ हामी मधेश विरोधी भएको ठान्ने छौ,’ उनले भने, ‘काठमाडौं लगायतका पहाडी ठाउँमा २४ घण्टाभित्र पहिलेदेखि संचालनमा रहेका भारतीय च्यानल पुर्नसूचारु नगराए हामी कडा कदमको लागि बाध्य हुन्छौं ।’ त्यसउपरान्त नेपाली भाषाका सम्पुर्ण टेलीभिजन च्यानल र चलचित्र मधेशमा रोक लगाउने उनले जनाए ।