जारी मधेस आन्दोलन प्रति कुर्मी समाजको एक्यवद्धता एवं सर्मथन
Advertise Here Book Now



वीरगंज,भदौ १८
मधेसमा जारी अधिकार प्राप्तिको आन्दोलन प्रति कुर्मी सशक्तिकरण मञ्च पर्सा र कुर्मी सेवा सदन पर्साले आज संयुक्त रुपमा एक प्रेश बिज्ञप्ती जारी गरी एक्यवद्धता एवं सर्मथन गरेको छ । मञ्चका अध्यक्ष संतोष पटेल एवं सदनका अध्यक्ष सुरेन्द्र प्रसाद कुर्मीले जारी गरेको सो बिज्ञप्तीमा जारी संबिधान निर्माणको प्रक्रियामा मधेसमा बस्ने मधेसी,आदिवासी जनजाती तथा थारु समुदायले आफनो अधिकार स्थापित गराउन गरिरहेका शान्तिपुर्ण  आन्दोलनमा  राज्यको तर्फबाट भईरहेको दमनको घोर बिरोध गर्दै आन्दोलनमा सहादत प्राप्त गरेका वीर शहिदहरु प्रति हार्दिक श्रद्धान्जली एवं घाईतेहरुको शिर्घ स्वास्थ लाभको कामना गरिएको छ । जारी बिज्ञप्तीमा लोकतन्त्रमा अधिकारको लागि जन प्रर्दशन गर्नु नैसर्गिक अधिकार भएकोले शोषित पिडितले आफना अधिकारका लागि राज्य संग लडने शाहस बटुलेका मधेसी समुदायको यस आन्दोलनमा कुर्मी समुदाय पनि तन,मन र धनले सहयोग ,सर्मथन एवं सहभागिता जनाउने उल्लेख गरिएको छ । साथै बिज्ञप्तीमा मधेसीहरुले उठाएका जायज माँगलाई अबिलम्ब सम्बोधन गर्न सरकार संग माँग गरेका जनाईको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्