सिरहा बजारमा झाडु बोकेर निस्किए महिला (फोटोफिचर)
Advertise Here Book Now

रामभरोसी यादव


सिरहा  – अन्तरिम संविधान अनुसार तराईमा थारु आदिवासी र मधेशीको पहिचानको आधारमा दुई प्रदेशको माग सहित आज सिरहा सदरमुकाममा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल, (क्रान्तिकारी) ले जनप्रदर्शन गरेको छ । मोर्चाका महासचिव रामरिझन यादवको नेतृत्वमा सयौंको संख्यामा निस्किएको जुलुसले सिरहा बजार परिक्रमा गरी कोणसभा गरेको छ ।
कोणसभामा मोर्चाका महासचिव रामरिझन यादवले केही नेताको गलत आडका कारण मुलुक संकटको भुमरीमा फसिरहेको बताए । उनले मधेशका जनताले एठाउको सहि मागलाई सरकारले तुरुन्तै सम्वोधन गर्नुपर्ने भन्दै जनताको शान्तिपूर्ण आन्दोलनमा सेना परिचान गर्नु गलत भएको बताए ।
jhaudu julus siraha (6)
त्यसैगरी सर्वपक्षिय मधेश संघर्ष समिति गोलबजारले आज महिलाहरुलाई सहभागी गराई झारु (कुचो) जुलुस प्रदर्शन गरेको छ । सयौंको संख्यामा महिलाको सहभागीता रहेको जुलुस नगर परिक्रमा गरेको जनाएको छ ।
लागातार १९ दिनको बन्दका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण खाद्यान्न लांगाएत अति आवश्यक सामग्रीको अभाव हुन थालेको छ । अभावका कारण सामानहरुको मूल्य आकाशिन थालेको उपभोक्ताहरुको गुनासो रहेको छ ।
jhaudu julus siraha (3)

jhaudu julus siraha (2)jhaudu julus siraha (1)jhaudu julus siraha (9)jhaudu julus siraha (8)jhaudu julus siraha (5)jhaudu julus siraha (4)
स्रोत;रातोपाटी 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्