मधेसी नेताहरु अकुत सम्पत्तिको सनसनीपूर्ण खुलासा (विवरण सहित )
Advertise Here Book Now
काठमाडौं १३ असाेज / सिंगै देश भारतीय नाकाबन्दीविरुद्ध लागेका बेला मधेसी नेताहरुले भने भारतले नभई आफूहरुले देशमा नाकाबन्दी गरिरहेको कुरा सगर्व बताउन थालेका छन् ।
काठमाडौंले आफूहरुलाई अन्याय गरेकोले त्यसविरुद्ध आन्दोलन गरिरहेको उनीहरुको दाबी छ । उनीहरु काठमाडौं विरुद्ध यसरी बोलिरहेका छन् की मानौं उनीहरुको काठमाडौंसँग कुनै साइनो नै छैन । उनीहरुका लागि काठमाडौं नेपालको राजधानी नै होइन । तर, वास्तविकता भने ठीक उल्टो छ ।
उनीहरुका लागि तराई भन्दा काठमाडौं निक्कै उर्वर छ । अहिले काठमाडौंलाई नाकाबन्दी गराउने नेताहरुको तराईमा झुपडी र थोत्रा घर मात्र बाँकी छन् । मन्त्री पदमा बस्दा भ्रष्टाचार गरेर काठमाडौंमा उनीहरुले अर्बौ सम्पत्ति जोडेका छन् ।
अझ केहीका त काठमाडौंमैं ३/४ वटै महलसमेत छन् । उनै मधेसी नेताहरु काठमाडौं विरुद्ध आन्दोलन गरेर भारतलाई खुशी पार्दै आएका छन् । अहिले आन्दोलनमा लागेको राजेन्द्र महतो, महन्थ ठाकुर, उपेन्द्र यादव, हृदयेश त्रिपाठी, शरतसिंह भण्डारी, अनिल झा, विजयकुमार गच्छदार लगायतका नेतहरुको काठमाडौंमा करोडौंको महल छ ।
महतोले सिनामंगलको मुख्य सडकमैं ठूलो घर बनाएका छन् । जसको मूल्य ५० औ करोडा पर्छ भने उपेन्द्र यादवको हात्तिवनस्थित हाउजिङभित्र सुविधासम्पन्न महल छ । अनिल झाको लाजिम्पाटमा करोड पर्ने महल छ ।
विजयकुमार गच्छदारको सानेपामा त्यस्तै ठूलो महल छ । शरतसिंह भण्डारीको भैसेपाटीमा करोडौं पर्ने महल छ । महन्थ ठाकुरको सानो ठिमीमा घर छ, उनी त्यही बस्छन् । तर, काठमाडौंमा उनको चारवटा रहेको स्रोतको दाबी छ । हृदयेश त्रिपाठीको पनि भैसेपाटीमा करोडौं पर्ने घर छ । सयौं तोला सुन र हिराको गहना भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।


