सिरहाको खटोका नाकामा साँस्कृतिक कार्यक्रम गरि धर्ना
Advertise Here Book Now


सरोज कुमार पासमान,सिरहा
सिरहा जिल्लाको प्रमुख तथा सहायक नाकाहरुमा बुधबार पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले धर्ना दिएका छन् । मोर्चाका कार्यकर्ताहरुले धर्ना स्थलमै खानपिनको व्यवस्था गरी २४ औं घण्टा धर्ना दिदै आएको छ ।
सिरहाको माडर खटोका नाकामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता तथा तमलोपाका युवा नेता रमेश मंडलको नेतृत्वमा बुधबार देखि धर्ना दिएको छ ।
युवा नेता मंडलको नेतृत्वमा करिब तिन सयको संख्यामा लवटोलीग्रामवासी तथा विभिन्न स्थानहरुको मानिसहरुको सहभागीतामा नाकाहरुमा धर्ना दिएको छ । बुधबार बेतौन्हा नाकामा साँस्कृतिक कार्यक्रम गरी सडकमै दरी ओछाएर रातभर धर्ना दिने कार्यक्रम रहेको मंडलले जानकारी दिए । साँस्कृतिक कार्यक्रममा मधेशको अधिकार समेटिएका विभिन्न गितहरु बजाएर नाच गान गरी नाकामा धर्ना दिएको मंडलले जानकारी दिए । माग सम्बोधन नभए सम्म धर्ना कार्यक्रम जारी हुने मोर्चाका कार्यकर्ताले जनाए । मोर्चाका कार्यकर्ताहरु विभिन्न समुहमा विभाजन भएर रातभर धर्ना दिने गरेको जानकारी दिए । सिरहाको खटोका, लगडीगढ्यानी, औरही, बरियारपट्टी, ठाडी लगायतका नाकाहरुमा मोर्चाका कार्यकर्ताहरुले धर्ना दिईरहेका छन् । मोर्चाका कार्यकर्ताहरुले नाकाहरुमा धर्ना दिए पनि चोर बाटो भएर ब्यपारीहरु मालसमान साईकल तथा मोटरसाईकलमा नेपाल भित्रियाई रहेका छन् । तर थोरै मात्रामा मालसमान भित्रिएकाले यस्ले माग पुर्ती गर्न नसकने जानकारहरुको भनाई रहेको छ । मधेश बन्दले ४० दिन पार गर्दा पनि सरोकारले मधेशको माग सम्बोधन नगरेकाले बाध्यभएर मधेशभरका नाकाहरुमा धर्ना दिनुपरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको भनाई रहेको छ । माडर खटोका नाकामा धर्ना दिदा मालवाहक सवारी साधन आउन छोडेको छ । हामीले नाकामा धर्ना कडा रुपमा दिदै आएकाछौ र मालवाहक सवारीसाधनहरुलाई पुर्ण रुपमा नेपाल भित्रिनमा रोक लगाएको मोर्चाका रमेश मण्डलले जानकारी दिए । नाकामा आलोपालो धर्ना दिदै आएकाले कुनै समस्या नदेखिएको संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष किशोरी यादवले जानकारी दिनुभयो ।  सडकमा थरीथरीका ¥याली र बिरोध प्रदर्शन गरी थाकेका मोर्चाले एक साता देखि नाकाहरुमा धर्ना दिन लागेको छ । धर्नाका कारण मधेशमा केहि मात्रामा नाका बन्दको प्रभाव देखिए पनि पहाडी क्षेत्रमा यसको प्रभाव पुर्ण रुपमा परेको छ । नाकामा दिएका धर्नाका कारण राजधानी काठमाण्डौंमा सब भन्दा नढी प्रभाव देखिएको छ । राजधानीमा दैनिक रुपमा चलेका यातायातका साधन लगायत विभिन्न प्रकारका मालवाहक सवारी साधनहरु कम चलेका छन् । राजधानीको बजारमा सवारीसाधनको संख्यामा अहिले निकै कमि देखिएको छ । सरकारले ईन्धनपुर्ती गर्नका लागि जोर बेजोर प्रणाली लागु गरेपनि प्रयाप्त मात्रामा ईन्धनको आयातमा कमी भएकाले मानिसहरु ईन्डियन र चाईनिज साईकलको प्रयोग गर्न थालेका छन् ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्