सिमामा मोर्चाको धार्ना पाचौ दिन पनि जारी ,नेता महतोको खाना र बासपनि नाका मै
Advertise Here Book Now


वीरगन्ज ११ असोज मुलुकै मुख्यनाका रक्सौल वीरगन्जको सिमामा आयोजित धर्ना पाचौ दिन पनि जारी रहेको छ । सयुक्त लोकतान्त्रिक मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरी बिहीबारदेखि सुरु गरेको धार्ना सोमबार पनि जारी रहेको छ ।  मोर्चाका कार्यकर्ताहरुसंगै नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द महतो उपाध्यक्ष लक्ष्मणलाल कर्ण केन्द्रिय सदस्य नेजामुदिन समानि,संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गदि,पर्सा जिल्ला अध्यक्ष प्रदिप यादव,तमलोपाका पर्सा जिल्ला अध्यक्ष पुरुषोत्म झा लगायतका नेताहरु धार्नामा वसिरहेका छन् । कार्यकर्ताहरुलाइ हौसयाउन केन्द्रिय अध्यक्ष महतो रातमा पनि धर्नामै बस्ने गरेका छन् । नाकामा धर्ना दिएकाका कारण प्रमुख आयात निर्यात केन्द्र वीरगञ्ज नाका पुर्ण रुपमा ठप्पा रहेको छ । आन्दोलनकारीहरु दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा धर्नामा बसेका छन् । मोर्चाका सायौं कार्यकर्ता विहिबार नाकामा भेला भएर धर्नासुरु गरेका थिए ।
विहिबार सिमाको अवस्था तनावपुर्ण भएपनि शुक्रबार देखि स्थिती समान्य रहेको छ । विहिबार पछि अन्यदिन प्रदर्शनकारी र प्रहरी सयमीत देखिएका छन् । राजविराजको बैठक पछि मोर्चाले वीरगञ्ज, विराटनगर र सुनौली नाकाबाट मालबस्तुको आयात ठप्पपारी सरकारलाई आफ्ना मागमा दबाब दिने रणनीति लिएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्