सिरहामा पेट्रोल बिक्रिमा व्यापक कलाबजारी
Advertise Here Book Now
संवाददातालहान, भदौ ११ । १४ दिनदेखि बन्द रहेको मधेशको बजारहरुमा तस्करहरुले बन्दको फाइदा उठाउदै छिमेकी मुलुक भारतबाट सस्तोमा पेट्रोल ल्याएर व्यापारीहरुले व्यापक कलाबजारी गरि रहेको पाइएको छ ।
पछिल्ला केहि समययता सिरहा तथा सप्तरीको विभिन्न नाकाबाट पेट्रोलको तस्करी व्यापक बढेको छ । पेट्रोल तस्करीमा तस्करहरुले नेपाली साइकल, मोटर साइकल प्रयोग हुने गरेका छन् । सिरहाको बरियारपटि, सुखिपुर, सप्तरीको मौवाहा बेल्ही, चन्ही तथा रामनगरकोदरकटी नाकाहरुबाट प्रति दिन सयौ मोटर साइकल तथा साइकलबाट बेलेकियाहरुले नेपाल भित्रयाउने गरेका छन् ।
स्थानियवासीहरुका अनुसार, नेपालका तस्करहरु सीमापारि गई त्यहा“का पम्पबाट पेट्रोल भरेर आउने र बढी मूल्यमा स्थानिय बजारमा बिक्रि गर्ने गरेको छ । पछिल्लो समयमा दक्षिणी सिमावर्ती क्षेत्रमा रहेको बेल्ही, मल्हनीया, धाती लगायतका नाकाहरु तस्करी मार्गको रुपमा परिणत भएका छन् । स्रोतका अनुसार, त्यस क्षेत्रमा रहेको तिनवटा प्रहरी चौकीका प्रमुखहरुले तस्करहरुसंग प्रत्यक्ष संलग्नता देखाएपछि तस्करीले व्यापकता पाएको हो ।
भन्सार कार्यालयले राजस्व संकलन नितीमा कडाई गरेकाले तस्करहरुले प्रहरीहरुसंग साठघाठ गरि रातिको समयमा भन्सार छली अबैध रुपमा सरसमान समेत नेपाल भित्रियाउने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानियबासिन्दाका अनुसार, माल पास गरे वापत प्रहरीले ५देखि १० हजार सम्म नजराना लिने गरेको बताएका छन् । यसरी खुलेआम तस्करी हुदा समेत प्रहरी प्रशासन मुखदर्शक भएर बसिरहेको स्थानियवासीहरुले गुनासो गरेका छन् ।
तर तिनवटै प्रहरी चौकीका प्रमुखहरुले यसनाकाबाट यस कुनै किसिमको तस्करी नहुने गरेको भन्दै अनभिज्ञता प्रकट गर्दै पन्छिन खोजेको हाम्रा सहकर्मी रोहित कुमार मण्डलले जनाएका छन् ।

