मुलुकमा अलोकतान्त्रिक निरंकुशताको खतरा
Advertise Here Book Now

राजेश विद्रोही
लामो संघर्ष पश्चात २३८ वर्षे एकात्मक तानाशाही राज्य व्यवस्थाबाट उन्मुक्ति पाएका नेपाली जनता संघर्षको ६४ वर्ष पछि फेरि यहाँ तानाशाही राज्य व्यवस्था फर्काउने कुचेष्टा हुँदैछ । जनताले जीवन मरणको संघर्षबाट प्राप्त गरेका तमाम खाले उपलब्धीहरुलाई हनन् गर्ने दुश्प्रयास गरिदैछ । सहिदका रगतबाट साटिएका पहिचान सहितको संघीयता, संघियता सहितको नयाँ संविधान, समावेशी, समानुपातीक तथा आत्मनिर्णय र स्वतन्त्रता राज्यपुनरसंरचना लगायतको विशेष अधिकारहरु धाराशाही पार्ने खेल हुुँदैछ । ६४ वर्षको पिरियडमा मुक्ति र स्वतन्त्रताको नाममा जनता कहिले निर्दलीय व्यवस्थाबाट त कहिले बहुदलीय व्यवस्थाबाट ठगिदै आयो । आज फेरि संघियता र गणतन्त्रको नाममा ठगिने षड्यन्त्र हुदैछ ।
अहिले चार दल खास गरी एमाले, कांगे्रस र एमाओवादीले जुन वैधानिक आवरणमा जर्वजस्त निर्णय लिँदैछ त्यो धोका मात्र नभएर ऐतिहासिक भुल हो । जुन इतिहासले पुष्टि गर्ने नै छ । भोकले रन्थनिएको एउटा अबोध बालकको मुखबाट गाँस खोस्नु सरह हो । यसलाई अर्को तानाशाही राज्य व्यवस्थाको संज्ञा दिँदा कुनै फरक नपर्ला । चार दलको नियत उनीहरुकै हविगतले प्रष्ट्याइसकेको छ । यिनीहरु के चाहन्छन् ? चार दलका एक मुठि शिर्ष नेताहरुको भलो हुने खालको संघियता, सिमांकन ९प्रदेश० तथा संविधान जनताले खोजेको होइन । नेपाली जनताका छोराछोरीहरुले तिनीहरुकालागी वलिदान गरेको होइनन् । उनीहरुका निहित स्वार्थ पुरा गरेर राज्यकोे सपना पुरा हुनेछैन । यसले मुलुकमा हिंसा भड्काउने र विघटन ल्याउनेछ ।
इतिहास साक्षी छ । सम्पूर्ण रुपले जनतालाई कसैले खुशि पार्न सक्दैन । तथापी त्यसको नाममा प्राप्त उपलब्धि तथा स्थापित आधारभूत माग र मुद्दाहरुलाई निमोठ्नु दर्दानाक कुरा हो । निमोठ्नेलाई दर्द नहोला तर निमोठिएकाहरुलाई पक्कै दर्दको महसुुस हुन्छ । विरोध भइरहने कुरा हो । विरोधको अन्त्य छैन । तथापी यतिको वलिदान र विरोधका वावजुद पनी कथीत चार दलीय गठबन्धनले निरिहता प्रदर्शन गरिरहेका छन् । प्रतिगामी आवरणमा निर्माण हुन लागेको राज्यसत्ता विगतको निरंकुश राज्य सत्ता र शासन भन्दा सयौँ गुणा हिंस्रक र खतरनाक देखिनेछ ।
यस्तो प्रभाव र चरित्र बोकेर बन्ने राज्यको शासन प्रणाली वास्तविक मुलुक र जनताको हितार्थ नभएर चार दलका केहि मनुवादी तथा व्राहमणवादी साेंच प्रवित्तिका नेताहरुको हुुने निश्चित छ । यसका राष्ट्रपती, प्रधानमंत्री तथा प्रदेश प्रमुख राज्य र जनताको अनुकुल नभएर उनीहरुकै दमन, शोषण र शासन अनुकुल रहनेछ । आफ्नो अनुकुल राज्य र राज्यसत्ता निर्माण गरेर लोकतन्त्रको नाममा नयाँ निरंकुश शासन थोपर्ने र त्यसको मतियार भन्ने सपना एमाले, काँग्रेस र एमाओवादीले देखदैछ ।
केहि मान्छेहरु मारेर आफ्नो राज्यसत्ताको. आयु लम्ब्याउने खेल गर्दैछन् । यसरी बन्ने सिमित दलको राज्य र प्रदेशले मुलुकको समस्या समाधान हुँदैन । राज्यले जनतासँग झुठा सहमती र सम्झौता गर्नु गलत थियो, कि त लागु गर्नु पथ्र्यो । यो वैमानसीयता हो । आज राज्य र राजनीति बद्नाम भएको छ । जनताको नजरमा नेता र राजनीति झुठा स्टाम्प बन्न गएको छ । यसलाई कसरी भत्काउने ? भत्काउन जती सरल र सहजछ उतिनै निर्माण गर्न कठिन छ । एमाले, कांग्रेस र एमाओवादीको कारण मुलुक गन्तव्यहिन बन्दै गएको छ ।
पहाड र मधेसका उत्पीडीत जनता आक्रान्त छ । मधेस र पहाडका जनता आ—आफ्नो ठाउँमा स्थानीय शोषक र शाषकबाट आजित छन्, उन्मुक्ति चाहन्छ । जनता त्यसका विरुद्ध नयाँ राज्य सत्ता चाहन्छ । सबैका ऐतिहासिक अधिकारहरु गुमिरहेका छन् । तर शाषक वर्गका कारण बनेका मधेसी पहाडी सम्प्रदायिक मानसिकताको आवरणमा जनता अल्झेका छन् । यता शासकहरु शाषणका निम्ति फड्को मार्ने जमर्को गरिरहेका छन् । जनता बुझेका ठाउँमा वलिदानी पूर्वक प्रतिरोध गरिरहेका छन् । मधेश र पहाडका आदीवासी जनजाती दलित लगायतका उत्पीडनमा परेका जनताका अधिकार फेरि हनन् गर्दैछन । खास ब्राहमणवादी पहाडी नेतृत्वले सत्ताको आडमा मधेशमा बलपूर्वक आफ्नो औपनीवेशीकरणलाई अगाडी बढाएको छ । यसले काला र गोरा अर्थात मधेशी र पहाडी सम्प्रदायिक विभेद नेतृत्वहरुको आन्तरिक प्रभावमा रहेको प्रष्ट बुझन सकिन्छ ।
यहाँ फेरि दमन र हस्तक्षेपको इतिहास नयाँ र वैधानिकरुपमा दोहरिदैछ । एकलौटी मधेशको भुभाग पहाडमा गाभिएर मधेशी इतिहाँसलाई समाप्त पारिदैछ । अंग्रेजको लडाइँ पश्चात अंग्रेजले हड्पेको पश्चिमको मधेश भूमि बाँके, बर्दिया, कैलाली, कंचनपुर सन् १८६० मा फर्काएको इतिहास साक्षी छ । पूर्वका झापा, मोरङ्ग, सुनसरी लगायत मधेशका २२ जिल्ला मधेशको वपौटी ऐतिहासिक भूमि हो । गौतम बुद्ध मधेशी भूमिमा जन्मेका मधेशी भूमि पुत्र हुन् । नाम, थर र अनुहारले खास पहाडी शाषकले मेरो र भारतीय विस्तारवादले इतिहास चोर्न खोजिरहेका छन् ।
पहाडमा बस्ने मधेशी र मधेशमा बस्ने पहाडीले किन आफू वसोवास गरेको भूमिमाथी गर्व गर्दैनन् । मधेशमा बस्ने पहाडी त्यसो गरे के कालो हुन्छ ? र त्यहि भूमि हडपेर पहाडमा मिसाए के गोरो हुन्छ ? कालो र गोरो मौसमले अर्थात प्रकृतिले निर्धारण गर्ने कुरा हो तर शोषण र शाषन शाषकले निर्धारण गर्ने कुरा हो । मधेशका पहाडी पहाडी होइन मधेशी भएकोमा गर्व गर्नुपर्छ, गराउनुपर्छ । मधेशी भूमिमा बस्दा आनन्द आउने र मधेशी विल्ला लाग्दा अपमानको वोध किन गर्छन ? मधेशी भूमि पहाडमा मिसाएर गर्व गर्नु हुदैन । इतिहासले सराप्नेछ । मधेशीको पहाडी पहाडको अधिकारकोलागी लडेर खस शाषकहरुले अधिकार बोकेर छुट्टै मधेशमा ल्याइदिने होइन । त्यसैले आफ्नै ठाउँको अधिकार र स्वतन्त्रताको लागी लड्नुपर्छ । जसले जीवनको आमूल परिवर्तनमा पुस्तौ साथ रहन्छन् । खस पहाडी शाषकहरुले मधेशी भएकोमा गर्व गर्न सिकाएन । शासनका निम्ति सम्प्रदायीक भड्काएर आपसमा लड्न भिड्न सिकायो ।
मधेश र पहाडका उत्पीडित वर्ग, जाती, क्षेत्र तथा लिङ्ग र समुदायलाई आफ्नो इतिहास देखाएर ललीपप वाँडे । आज जनता आपसमा विगतझैँ उच्च निच्चको ठाउँमा संघियता, समावेशी र समानुपातिक लगायतको नाममा लड्ने भएकाछन् । त्यसमाथी शाषकहरु आफ्नो रजाइँ गर्ने भएका छन् । लोकतन्त्रको नाममा निरंकुश लोकतान्त्रिक शासन चलाउने दुश्प्रयास गरिदैछ । अब पहाड र मधेशका आदीवासी, जनजाती तथा उपेक्षित वर्ग जाती क्षेत्र लिङ्ग र समुदायको जनताको षड्यन्त्र बेलैमा बुझि संघर्षको आँधी बेरी ओराल्न जरुरीछ । बादशालाई घोडोबाट खसाल्ने बेला यही हो । नभए फेरि सदियौँ नयाँ उत्पीडन र विभेदको चर्खाको शिकारहुने निश्चित छ । चाहे त्यो निरंकुश सासन लामो वा छाटो जे होस त्यसमा गर्वको कुनै औचित्य छैन ।
मधेशी सभासदहरु साँच्चिकै मधेशी सन्तान भएको भए जनताले राजिनामा माग्दा अविलम्व राजिनामा दिनुपथ्र्यो । तर अमरिथा लिंगन प्रवृत्ति देखाउँदैछन् । यो हाँस्यादपदकुरा हो । गर्न सक्ने वेला केहि गर्न सकेनन् हो मा हो मिलाएर बसे । अब केहि गर्न नसक्ने वेला विद्रोहको वोली बाँडेर संसदिय ललीपपको कुनै औचित्य छैन । खस पहाडी शासकको पछी समय खेर फालेर एसम्यानको कुनै अर्थ छैन् । त्यसैले मधेशी भूमिमाथीको औपनिवेशिकरण वन्द गरी मधेशी भूमि अविलम्ब फिर्ता गर्नु पर्छ । मधेशको २२ जिल्लालाई एक मधेश एक प्रदेश विन्नको मधेश मुक्तिको विकल्प छैन् । त्यसपछि मधेशी जनताले एक मधेश स्वायत प्रदेशको आवधारणामा आत्मनिर्णयको अधिकारको विकल्प छैन् । अन्तमा राज्यले पहाडी र मधेशी जनतामाथी ऐतिहासिक भूमिमाथि गर्व गर्नु पर्छ, गराउनु पर्छ । जसले मुलुकलाई अधिकार सम्पन्न सवल मुलुकको रुपमा स्थापीत गर्नेछ । एउटै भावनामा सबै वर्ग, जाती, क्षेत्र, लिङ्ग र समुदायका जनता अटाउने छन् । आपसी सदभाव कायम रहनेछ । यसरी मुलुक विभाज्य तर समान र सवल मुलुकको रुपमा परिभाषित हुनेछन् । चेतना भया ।

