प्रमुख तीन दलले मधेशीको अधिकार दिन नचाहेको, नेता सोनल
Advertise Here Book Now
वीरगन्ज २६ भदौ
संयुक्त लोकतान्त्रि मधेशी मोर्चा बाराले बाराको क्षेत्र नम्बर ४ प्रसौनीमा शनिबार विरोध सभा सम्पन्न गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै मोर्चाका नेता एव तमलोपाका महामन्त्री जितेन्द्र सोनलले प्रमुख तीन दलले मधेशीको अधिकार दिन नचाहेको आरोप लगाउनु भएको छ । मधेश आन्दोलनलाई दबाउन बल प्रयोग गरेको आरोप लगाउदै नेता सोनलले बन्दुकको नोकमा मधेशीको अधिकार बन्चित नहुने बताउनु भयो । नेता सोनलले समयमै मधेशीको हकअधिकार सुनिश्चित नगरे र मधेशको अधिकार विना सविधान जारी गरे मधेशमा यो भन्दा भयाव आन्दोलन हुने चेतवनी समेत दिनुभयो । तमलोपाका नेता मुस्तकीम अंसारीको अध्यक्ष्ँतामा सम्पन्न विरोध सभामा पार्टीका नेता रामचन्द्र सिंह, चन्द्रिका यादव, सिताराम गुप्ता, ललन पटेल, जितेन्द्र साह, नवलकिशोर सिंह, सत्यनारायण कुशवाहा, भिखारी साह लगायतले सम्बोधन गरेको पार्टीका बारा प्रवक्ता रमेश सर्राफले बताउनु भयो ।


