यस तरीकाले सजिलै आफ्नो झरेको कपाल पाउनुहोस र सेतो कपाल पनिकालो बनाउनुहोस
Advertise Here Book Now

आजको समयमा खानपानको अनियमितताको कारण कपाल झर्ने र सानै उमेरमा पनि कपाल फुल्ने गरेको पाइएको छ । यदी कपाल लगातार झर्न लाग्यो र समय भन्दा अगावै कपाल सेतो भयो भने यो चिन्ताको विषय हो र त्यसैले तपाई पनि यो समस्याले हैरान हुनु भएको छ भने  केही यस्ता उपायहरु छन् जसले तपाईका समस्या समाधान हुनेछ । जस्तै : 
१. तिलको तेलले मालिस गर्नाले 
यदि तपाईं नियमित रुपले तिलको तेलले कपाललाई मालिस गर्नुहुन्छ भने कपाल भर्न बन्द हुन्छ ।  साथै कपाल, सेतो हुन बाट पनि रोकिन्छ ।  तिलको तलमा गाइको घ्यू र अमरवेलको धुलो मिलाएर लगाउनाले छिट्टै फाइदा हुन्छ । यसलाई राति सुत्नु भन्दा पहिले लगाउनु पर्छ ।  यदी दिन दिनै राम्रो तेल लगाउनाले पनि कपाल झर्दैन र फाइदा पनि हुन्छ । टाउकोको मसाज गर्नाले ब्लड सर्कुलेशन व्यवस्थित हुन्छ । र कपाल बलियो हुन्छ । 
. प्याजको रस प्याजको रस निकालेर हल्का तताउनु होस् र ठण्डा हुना साथ कपालको फेदमा पर्ने गरी लगाउनुहोस्
 यस भन्दापहिले तातो पानीमा भिजेको रुकमलले केही बेर ढाकेर राख्नुहोस् । यसपछि प्याजको रस लगाउनुहोस् । केही बेर पछि राम्रो सेम्फुले नुहाउनुहोस् । यो प्रक्रिया नियमित रुपले गर्नुपर्छ । प्याजको रस हल्का तताउनाले गन्ध रहित हुन्छ । 
३.टमाटरको रस 
यदी तपाई दिनहुँ नुहाउनु पहिले टमाटरको पेष्ट बनाएर कपालको जरामा लगाउनुहुन्छ भने तपाईलाई कपाल सम्बन्धी धेरै समस्या हट्छ ।  यसको रसले कपाललाई बलियो बनाउँछ साथै झर्न बन्द गर्छ ।  कपालमा टमाटरको रस लगाएपछि केही रहन दिने र  फेरी कपाललाई राम्रो सेम्फुले धुने ।
 ४.अमलाको रस अमलाको चूर्णलाई दहीमा मिलाएर पेष्ट बनाउने 
यसपछि यो पेष्टलाई कपालको जरा जरामा लगाउने केहीसमय रहन दिने र फेरी कपाल नुहाउने । नियमित यसो गर्नाले कपालको समस्या हट्दै जान्छ । 
५.कपाल फुल्नबाट रोक्नको लागि यी कुराहरूमा ध्यान दिनुहोस् ।
 खासगरी मानिस कपाल फुलेको देख्ने वित्तिकै आत्तिन्छन् । त्यसलाई उखेलिदिन्छन् । तर यसो गर्न हुँदैन ।  फुलेको कपाल उखेल्दै जानु भयो भने झन अरु कपाल पनि फूल्दै जानथाल्छ । त्यसैले फुलेको कपाललाई उखेल्नुको सट्टा कैचीले काटी दिनु राम्रो हुन्छ । 
.पाचनक्रियालाई व्यवस्थित गर्नुहोस् । 
पेटसँग जोडिएको समस्याको कारण पनि कपाल फूल्ने हुन सक्छ त्यसैले तपाईं पाचनक्रियालाई विशेष ध्यान दिनुहोस् यस सम्बन्धी समस्याहरू छन् भने तुरुन्तै उपचार गर्नुहोस् खानेकुरामा विशेष ध्यान पुर्याउनुहोस् । पेट सम्बन्धी रोग कब्जियत या त अपच समस्या छ भने त्रिफलाचूर्णको नियमित सेवन गर्नुहोस्  । जसले पेट सम्बन्धी समस्या हट्छ । त्यसो गर्नाले कपाल झर्ने समस्या र फूल्ने समस्या हट्ने छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्