प्रहरीको गोलीबाट चारको मृत्यु
Advertise Here Book Now
वीरगंजमा मृत्यु हुनेको संख्या चार पुगेको छ । मंगलबार वीरगंजको नगुवामा सोहम साह कलवारको प्रहरीको गोली लागि मृत्यु भएको छ ।
यता, वीरगंजको अवस्था तनावग्रस्त हुँदै गएपछि पर्सालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
वीरगन्जमा मधेस केन्द्रित दलहरूको आन्दोलनले उग्र रूप लिँदा प्रहरीले गोली चलाएपछि सोमबार एक आन्दोलनकारीको मृत्यु भएको छ । स्थानीय प्रशासनले सोमबार अपराह्न चार बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ।
आन्दोलनकारीले कफ्र्यु तोडेर नगरका विभिन्न स्थानका प्रहरी चौकी र सरकारी गाडीमा आगो लगाइदिएका छन्। कर्फ्यू बेला राधेमाई टोलमा प्रदर्शनमा उत्रिएका वीरगन्ज २८ मनियारीका २५ वर्षीय दिलीप चौरसियाको गोली लागेर मृत्यु भएको हो।
पिठयुँमा गोली लागेका उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको थियो। चौरसियाUtsaah, संघीय समाजवादी फोरम नेपालका गाउँ कमिटी सदस्य रहेको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए। आन्दोलनकारीले वीरगन्ज छपकैयामा रहेको २०६२, ६३ सालको आन्दोलनका अगुवा तथा पछिल्लो परिवर्तनका अग्रणी नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सालिक भत्काइदिएका छन्। त्यस्तै, रामगढवास्थित एमालेको पार्टी कार्यालयमा आगो लगाइदिएका छन् भने घन्टाघरनजिकैको नेपाल टेलिकमको भवनमा तोडफोड गर्नुका साथै नापी कार्यालयको ना १ झ २७९ नम्बरको गाडीमा आगो लगाएका छन्।
प्रहरीको गोली र लाठीबाट ३५ जनाभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । गोली लागेर घाइते हुनेमा जाकिर मिया, राजकुमार सोनार, पन्नालाल यादव, कृष्ण पटेल, अनवर हवारी, इरफान अन्सारी, मुन्ना यादव, विराज कुशवाहा, सुनिल साह, रामजी तुराहालगायत तीनजना बालक पनि छन्।
