रुपनी बाजार मा माइक्रो बस मा आगजनी
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम अरुण यादव राजविराज , १४ भदौ । सीमाकनको बिरोधमा उत्रिएका मधेसी मोर्चाको अनिस्चितकाली बन्दको क्रमा बन्दको अब्यागा गरेको भन्दैे आन्दकोलनकारीहरुले आज विहान पुर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको रुपनीबजारमा एउटा माइक्रोबसमा तोडफोड गर्नुको साथै आगजनीको प्रयास गरेका छन् । राजबिराजबाट काठमाण्डौं तर्फ जादै गरेको बा २ ज ६२३९ नम्बरको माइक्रोबसमा प्रदर्शनकारीले ढुङ्घगा मुढा र लाठी प्रहरी गरि तोडफोड गरेर आगजनीको प्रयास गरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । तोडफोडबाट माइक्रोबसको अगाडीको भागमा फुटनुको साथै सिसा समेत फुटेर पुर्ण रुपमा क्षति ग्रस्त भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीले माइक्रोबसमा तोडफोडपछि आगो लगाउन प्रयास गरेपनि त्यहाँ रहेको इलाका प्रहरी कार्यालयका प्रहरी टोलीले आगो लगाउनबाट जोगाएको इलाका प्रहरी कार्यालयका सई उमेश यादवले जानकारी दिनुभयो । प्रदर्शनकारीले सो माइक्रोबसमा आगोको लोला फालेपनि प्रहरीले आगो लगाउनबाट जोगाइएको प्रहरीले जनाएको छ । यसैबिच पुर्व–पश्चिराजमार्गको रुपनीमै दई वटा बसमा समेत ढुगा मुढा गर्दा बसको झाल पुटेर समान्य क्षति
भएको प्रहरीले जनाएको छ । अहिले सो ठाउँको अवस्ता समायन्य बनेको बताएको छ ।मधेसी मोर्चाले सप्तरीमा बिगत १७ दिन देखि बन्द जारी राखेकाले यहाँको अवसथा दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको देखिन्छ छ ।

