डा.के.सी आज अनसन तोडिदै यस्तो छ सहमती
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम,भदौ २० /बिगत १३ दिन देखि अनसनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच ११ बुँदे सहमति भएको छ । सहमतिसँगै आज डा केसीले अनसन तोड्ने भएका छन् ।
चिकित्सा शिक्षा सुधार लगायतका माग राखेर त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा केसी र सरकारपक्षबिच शनिबार राती भएको लामो छलफल र वार्तापछि ११ बुँदे सहमति भएको हो ।
सहमति पत्रमा डा केसी र सरकारका पक्षबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल र मूख्य सचिब सोमलाल सुवेदीले हस्ताक्षर गरेका छन् ।


