अधिकार नपाए सम्म आन्दोलन जारी रहने फोरम अध्यक्ष उपेन्द्र यादवको चेतावनी
Advertise Here Book Now
वीरगंजमा ,भदौ २०
मधेसी पत्रकार समाज पर्साले आज राधेमाई मन्दिरको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष एवं पुर्व मन्त्री उपेन्द्र यादवले काँग्रेस ,एमाले र माओवादीको कारण मधेसमा यो अवस्था सृजना भएको बताउदै मधेसवादी शक्तिहरु संग भएको सम्झौता पुरा नभए सम्म आन्दोलन जारी रहने बताए । बार्ताको नाममा सरकारले नौटंकी मात्र गरिरहकेको र मधेसमा जारी शान्तिपुर्ण आन्दोलनमा नेपाल प्रहरी,सशत्र प्रहरी र नेपाली सेना परिचालन गरेर मधेसी जनतालाई मार्ने कार्य गरेको आरोप लगाउदै यसपालिको आन्दोलन आर या पारको भएको बताउदै यसपालिको मधेस आन्दोलनमा सम्पुर्ण मधेसवादी दल,संगठन एवं अन्य दलमा रहेका मधेसीहरुलाई समेतलाई स्वभिमान , पहिचान र अधिकारको लडाईमा लाग्न आग्रह गरेका थिए । साथै मधेस आन्दोलनमा ज्यान गुमाएका वीर शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको शिर्घ स्वास्थ्य लाभको कामना समेत गरेका थिए । एक फरक प्रसंगमा संयुक्त लोकतान्त्रि मधेसी मोर्चाको एक घटक सदभावना पार्टीका सभासदहरुले राजिनामा दिएको सन्र्दभमा आफुलाई केहि जानकारी नभएको बताउनु भयो ।
सम्मेलनमा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवं सभासद लालबाबु राउत, केन्द्रिय सदस्यहरु करिमा बेगम,बिरेन्द्र यादव, पर्सा अध्यक्ष प्रदिप यादव लगायतको सहभागिता रहेको थियो भने पत्रकार सम्मेलनको सहजीकरण मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले गरेका थिए ।


