मधेस आन्दोलनप्रति मुस्लिम समु्दायको एक्यबद्धता सरकार आउछ ,जान्छ ,आन्दोलनजारी रहन्छ ,महामन्त्री सोनल
Advertise Here Book Now
बीरगंज, २४ असोज तराइ मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले सरकार परिवर्तनले आन्दोलनमा कुनै प्रभाव नपर्ने बताएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बीरगन्ज रक्सौल नाकामा संचालन गर्दै आएको नाकाबन्दी कार्यक्रममा महामन्त्री सोनलले यस्तो धारणा व्यक्त गरेका हुन । आन्दोलनको समर्थन एवं मागंप्रति एक्यबद्धता जनाउदै मुस्लीमहरुले निकालेको जुलुसलाइ सिमामा स्वागत गर्दै नेता सोनलले सरकारमा जोकोही आएपनि मागं सम्बोधन नभएसम्म आन्दोलनको स्वरुपमा कुनै परिवर्तन नहुने बताए । उनले भने ,‘नागनथ गए, समानाथ आए ।मधेस बिरोधी सविधान बनाउने तीन दल मधेस विरोधी हुन ।’मधेसको मागं पुरानभए सम्म आन्दोलन चलीरहने नेता सोनलले बताउदै आन्दोलन प्रति सरकार सम्बेदनशिल नभए अझ सशक्त बनाउने चेतावनी समेत दिएका थिए ।विभिन्न नाराहरु लगाउदै नेपाल भारत मित्तेरी पुलमा पुगेको मुस्लीमहरुको जुलुसलाइ मधेसी मोर्चाका नेताहरु जितेन्द्र सोनल, राजेशमान सिंह, शिव पटेल, प्रेम बाबु पटेल, प्रेमचन्द्र कुशवाहा, नेजामुदिन समानी, इम्दादगद्दि, केदार साह, महिला नेतृ पिंकी यादव लगायतका नेता एवं कार्यकर्ताहरुले तालि बजाएर स्वागत गरेका थिए ।नाकामा बसेका आन्दोलनकारीहरुका लागि मुस्लीम समुदायले खाद्यान्न समाग्री वितरण गरेको थियो ।नेपाल मुस्लिम रिलिफ सोसायटीका अध्यक्ष खालिद अन्सारीको नेतृत्वमा निकालेको रैलीमा मुस्लिम समाजका अगुवा अबुलखैर अन्सारी, शमिम अन्सारी, डा हसिबुरहमान अन्सारी, अनिसुरहमान अन्सारी, महबुब अन्सारी, आबिद अन्सारी, अशरफ मौलाना बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।


