सर्लाही जिल्लामा १३ वटा मोटसाइकलमा आगजनी
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम सर्लाही,
७ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कार्यकर्ताले गएराती
सर्लाहीमा १३ वटा मोटरसाइकल र २७ वटा साइकलमा पेट्रोल छर्की आगजनी गरेको छ ।
मोर्चाका नाकाबन्दी वाबजुद्ध भारतीय बाट तस्करी गरी ल्याइएको डिजल र
पेट्रोल ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल र साइकलमा मोर्चाको
कार्यकर्ताहरुले नियन्त्रणमा लिएर आगजनी गरेको हो ।साथै मोटरसाइकल र साइकलमा ल्याएको १२ सय लिटर डिजल ३ सय लिटर पेट्रोल नियन्त्रणमा लिएर त्यही डिजल र पेट्रोल मोटरसाइकल र साइकलमा छर्की आगजनी मोर्चाको कार्यकर्ताहरुले आगजनी गरेको थियो । मोटरसाइकल र साइकलहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ । मोर्चाको कार्यकर्ताहरुले श्रीपुरको कटानी र बरहथवा नगरपालिकाको टाडीबाट उक्त मोटरसाइकल र साइकलहरु नियन्त्रणमा लिएर नष्ट गरेको थियो । १२ वटा मोटरसाइकलमा ३ वटा नेपाली प्लेट र ९ वटा भारतीय नम्बरको रहेको छ । दशै सके लगितै जिल्लामा मोर्चाका कार्यकर्ताहरुले बन्दीको कडि कडाउ बनाएको छ ।
त्यस्तै
सलेमपुर गाविसबाट ६० लिटर डिजल, ३५ लिटर पेट्रोल, अरौहीको चनपुराबाट ७०
लिटर डिजल, मोहनपुर गाविसबाट ६० लिटर पेट्रोल, मलंगवा नापा–३५ लिटर डिजल
मोर्चाका कार्यकर्ताहरुले गएराती नियन्त्रणमा लिएर नष्ट गरेको छ ।मोर्चाको नाकाबन्दीका वाबजुद्ध जिल्लामा पेट्रोलियम पदार्थ लगायत विभिन्न समानहरुको तस्करी हुनथाले पछि मोर्चाले भोली आईतवार देखि सर्लाही मोटसाइकल चलाउनमा समेत रोक लगाउने निर्णय गरेको छ ।

