पुरुष सेलाएका बेला नाकाबन्दी को जिम्मा संभाले महिला ले लिए
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम कार्तिक ६, बिरगंज - दशैको चहलपहल को बीच मधेश आन्दोलन केहि सुस्त देखिए पनि आज आन्दोलनलाई समर्थन गर्दै आएको रैली र स्वयेम मितेरी पुलमा धर्नामा बसेकाहरु मध्ये महिला बढी देखिन्थे. गाउ गाउ बाट आएका आमा उमेरका महिलाहरु र धर्नामा बसेका महिला नेत्रीहरु को गजब को जुगल्बंदी दिखिन्थ्यो . एकातीर गाउ बात आएको रैली बुजुर्ग महिला को उलेख्य संख्या ले सज्जित थियो भने सधै पुरुष बाहुल्य रहने धर्ना स्थलमा महिला ले मोर्चाबन्दि सम्भालेका थिए . यी दुवै महिला को मितेरी पुलमा जमघट हुदा एक छिन पुरै आन्दोलन नै महिलामय भएको देखिन्थ्यो जुनको मधेश आन्दोलन को एक सुखद पक्ष् हो ..हेर्नुस मितेरी पुल मा देखिएको गाउ बाट आएका बृद्ध महिला र धर्ना गर्न बसेका महिला नेतृहरु को केहि झलक ...



