हुलाकी राजमार्गमा विश्वकै ठूलो मानव श्रृंखला उत्रियो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /अरुण यादव राजविराज , १४ असोज । संयुक्त लोकतान्त्रिक  मधेशी मोर्चाले आह्वान गरेको आन्दोलको ४८
औ दिनमा आज सप्तरी सहित पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म हुलाकी राजमार्गमा विश्वकै  ठूलो मानव श्रृंखला प्रदर्शन गरिएको छ ।  पूर्व–पश्चिम राजमार्गको  हुलाकी राजमार्ग  अन्र्तगत कोशी ब्यारेज भारदह, जोगिनिया, हनुमानगार ,मसापुर देखि राजविराज सम्म र राजविराज देखि सिरहारोड हुदै बलान खोला सम्ममा  गाउँ गाउँबाट बालबालिका, बृद्ध, द्धाद्धा युवा, युवती र महिलासहित लाखौँको सहभागिता रहेको बताइएको छ  एक हजार १ सय पचपन्न किलोमिटरको लामो मानव श्रृंखला हालसम्मकै सबैभन्दा लामो मानव श्रृंखला रहेको भएको बताइएको छ  ।  पूर्व–पश्चिम राजमार्गको  ११५५ किलोमिटरको हुलाकी राजमार्गमा अपरान्ह १ बजेदेखि दुई बजे सम्म एक घण्टा गरिएको मानव साङ्लोमा लाखौं जनताको सहभागिता रहेको थियो  ।  यसअघि सन् २०१० मा बङ्लादेशमा एक हजार पचास किलोमीटर लामो मानव श्रृंखला बनाइएको थियो । छुटा छुटै घटनामा परि सप्तरीमा एकै दिन ६ जनाले ज्यान गुमाए  ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्