सप्तरीको छुटा छुटै घटनामा परी आज एकै दिन ६ जनाले ज्यान गुमाएका छन्
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम /अरुण
यादव राजविराज , १४ असोज /जिल्लाको मधुपट्टी गाविस ६ स्थित कदमाहा गाईघाट
सडक खण्डमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय
५० बर्षीय असर्फी पासवान रहेको प्रहरीले जनाएको छ । साईकलमा आउँदै गरेको
पासवानको साईकलबाटै अचानक लडेर मृत्यु भएको मृत्यु भएको प्रहरी जनाएको
यस्तै कुशाहा गाविस ८ निवासी बिमा मियाँको घरमा काम गर्दै गर्दा गर्दे
करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रंजित
कुमार रहेको प्रहरीले जनाएको छ । रन्जितको उपचारको क्रममा असपतालमै
मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ .। त्यस्तै आजै दुई
जना महिलाले झुण्डिएर आत्महत्या गरेकी
आत्महत्या गर्नेमा नर्घो २ निवासी पानालाल यादवकी २१ बर्षीय रेणु कुमारी यादव रहेको प्रहरीले जनाएको छ । यादवले घरमा कोही नभएको बेलामा सलको पासो लगाई आत्महत्या गरेको बताइएको छ । यस्तै पकरी गाविस २ बस्ने श्याम कुमार सरदारकी ४० बर्षीया श्रीमाति कमलीदेवीले घर नजिकै रुखमा झुण्डिएर आत्महत्या गरेकी छिन् । त्यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका ४ स्थित जगतपुरको पोखरीमा नुहाउन गएका दुई जना बालक मध्ये एकको डुबेर मृत्यू भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका ४ जगतपुर
निवासी विष्णु खंग का ३ बर्षीय छोरा आकाश खंगको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बालक गर्मी छल्न गाउँ नजिकको पोखरीमा नुहाउन गएका बेला डुवेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव प्रहरी उपरिक्षक नारायण प्रसाद चिमरीयाले बताउनुभयो । साथै उनी सँगैं गएका बालक रामहरी खंग
सिकिस्त भई उपचारको लागि बि.पि. कोईराला विज्ञान प्रतिष्ठान धरान पठाइएको छ .यस्तै सप्तकोशी नगरपालिका वडा नम्बर ६ का एक व्यक्तिको शव फेला परेको छ । अन्दाजी ३५ बर्षीय सन्तलाल चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ । चौधरी असोज ८ गतेदेखि घरबाट हराएकोमा र आज घर नजिकै रहेको त्रियुगा नदीको किनारामा शव सडेको अवस्थामा फेला परेकोे प्रहरीले जनाएको छ । सबै शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।